Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संगठन काँग्रेस र एमालेको जस्तो शुद्ध, गोलबन्द र केन्द्रीत नहुँदा माओवादी र परिवर्तन एक अर्काका पुरक भए । माओवादी हिजो पनि तेस्रो थियो । संविभानसभामा जनताले दिएको म्यान्डेट बचाउन नसक्दा संसदीय चुनावमा माओवादीले काँग्रेस–एमालेले जस्तो जालझेल जानेन । माओवादी सिध्याउन डा. बाबुराम कम्मर कसेर लागेकै हुन् । डा. भट्टराईले संगठन नै नभएको जसपालाई गोरखाको पालुङटारमा एमालेसँग गठबन्धन गरेर सत्ता गठबन्धनको केन्द्रीय नीति तोडेर आफैं पंगु भएका छन् ।
मोहन वैद्य, नेत्रविक्रम चन्दको तागत यस्ता गतिविधिमा भएन । पार्टीको नाममा धम्क्याउने र झार्ने काम यिनको अब सुक्छ किनकि वैद्यको बहिष्कारले एमाले र काँग्रेसका उम्मेदवारलाई मत बेच्ने काम ग¥यो । चन्दको चुनाव प्रवेश गरी एमालेको ओली गुटलाई हराभरा बनाउन रुकुम र रोल्पामा देखाइएको जात्रा खड्ग विकको कालिकोटमा पर्दाफास भयो । यो पार्टी चुनाव मुखी धाक धम्की, चन्दा, कमिशनको कारण ध्वस्त भयो । जनयुद्धको रियल्सल गर्ने ठाउँ अब भएन ।
एमालेको ओली गुटको धुत्र्याइ र जासुसी, मोहन वैद्य, नेत्रविक्रम, डा. बाबुरामको चिथो¥याइ बाँकी रहेको प्रचण्ड नेतृत्वले अन्तरपार्टी कलह संगठन बिनाका नारायणकाजीको भाग खोज्ने चरित्रले पनि माओवादी तेस्रो शक्तिका रुपमा संसदमा छ । स्थानीय चुनावमा पनि त्यस्तै छ । कम्युनिष्ट र काँग्रेस आपसी प्रतिस्पर्धी हुन् । तर संसदमाथि कम्युनिष्टको नाममा एमालेका केपी ओलीले प्रहार गर्दा संसद जोगाउने, गणतन्त्र बचाउने एजेन्डामा माओवादी मात्र होइन नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा एक ठाउँमा आए ।
कम्युनिष्टको नाममा जहानीय तानाशाह बन्ने केपी ओलीको चाहनाले नेकपाको दुई तिहाई ढल्यो । ओलीकै कारण अब जनताले नेपालका कम्युनिष्टहरूलाई सरकार बनाउन पुग्ने जनमत दिने छाँट छैन । संघीय संसद १६५, प्रदेश सांसद ३३० गरी ३९५ जनाको भागवण्डा लगाउँदा पनि माओवादी, नेकपा एस, जसपा, राजमो र काँग्रेसले पार्टी हैसियत स्थानीय तहमा विजयको अवस्था अनुसार भाग लाग्ने हो । स्थानीय चुनावमा सत्ता गठबन्धनलाई बालुवाको मुला र ढक मात्र होइन कसींगर र लुतो भन्ने केपीको तागत गुटबन्दी, भ्रष्ट, माफिया, दलालको सलबलाहटले खस्काएकै छ ।
भन्ने कम्युनिष्ट, काम गर्ने विचौलिया र माफियाको ओली शासनका उपलब्धी हुन् । नेकपा एमाले गठबन्धन ठाउँ र स्थान अनुसार गर्छ । उसका सारथी परिवार दल, चुरे भावर, राप्रपा नेपाल, नेकपा चन्दको अवस्था बाँकी छैन । वाममोर्चामा भिœयाएर एमालेको टिकटमा चुनाव लडेका हृदयेश त्रिपाठीलाई भारतले सधैं किन बोक्छ त्रिपाठी बोकेर भारतले नवलपरासीको सुस्ता र महेसपुर खान खोजेको थियो । त्रिपाठीले आफ्नै मतदाताको भावना बुझेका छैनन् । यिनै त्रिपाठीले ओली समूहको खञ्चुवा शैली कोरोना भ्याक्सिन खरिदमा भारतीय कम्पनीसँग मूल्य बढाउन लगाएर हजम गर्ने योजनामा सहमति जनाउन नसक्दा स्वास्थ्यमन्त्री छाड्नु परेको पिडा कति सम्झेका छन् ? त्रिपाठी चुप लाग्दा भारतको हेपाहा नीति र व्यवहारको विरुद्ध जनता उर्लेका थिए । नेपाल भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सुस्ता परेको छ । एमालेको ओली समूह आर्थिक रुपमा बदनाम छ । माओवादी त्यो हदमा जाँदैन, गएको छैन । भ्रष्ट त त्यहाँ दीनानाथ शर्मा जस्ता धेरै छन् । शर्मा आफ्नै छोरा छोरी, ज्वाइमार्फत् उठाउँदा बदनाम भए । अरु नेताले समूह बनाएका कारण बदनामबाट जोगिए । प्रचण्ड बदनाम भएको शैलुङ कन्स्ट्रक्सनसँग जोडिएर नै हो । उनी जुन घरमा बस्छन् त्यो घरका मालिक शारदाप्रसाद अधिकारीले ठेक्का लिएका कुनै पनि सडक समयमा बनेका छैनन् । नेतृत्व सुख सयल र राजसी खानदानमा लागे पनि नीति विचार कार्यक्रम र योजनाका कारण माओवादीसँग जनता आशावादी भएका हुन् । देश माओवादी एजेन्डामा चल्ने सत्तामा केपी ओली जस्ता तानाशाह पुग्दा कम्युनिष्टको बदनाम भएको हो ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल