Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीका कुन कुन मन्त्री फिर्ता हुँदैछन् ?

काठमाडौं । सत्ता समिकरण बलियो बनाउन नयाँ दललाई स्थान दिनका लागि नेकपा माओवादी केन्द्रले केही मन्त्रीहरू फेरबदल तयारी गरेको छ । माओवादीले १ वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको हो । माओवादीबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई फिर्ता बोलाउन लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार जेठ अन्तिम साता सम्ममा मन्त्रिपरिषद् हेरफेर गरिसक्ने प्रधानमन्त्रीको तयारी छ । यसका लागि उनी निरन्तर अनौपचारिक रूपमा नेताहरूसँग भेटघाटमा व्यस्त छन् । यता अर्थमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई भने निरन्तरता दिने माओवादीको तयारी छ । तर, सरकारको सन्तुलन मिलाउन संस्कृति, पर्यटन मन्त्री तामाङलाई भने मन्त्रालय फेरेर निरन्तरता दिने चर्चा छ । केही समय विनाविभागीय राखेर भए पनि नाउपाकी रञ्जितालाई यो सातासम्म सरकारमा लैजान लागिउको एमाले नेताहरु बताउँछन् । भाग मिलाउन माओवादी र एमालेले एक–एक मन्त्रालय छाड्ने सरकारको सन्तुलन मिलाउनका लागि माओवादी र एमालेले १–१ मन्त्रालय छाड्ने सहमति भएको ओलीहरूको भनाइ छ । एमालेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छाडेर भगवती चौधरीलाई अन्यमा पठाउने तयारी गरेको छ । यद्यपि उनलाई बिदा गर्ने या अन्य मन्त्रालयमा सार्न कि यथावत् दिनेबारे निर्णय भइनसकेको एमालेको भनाइ छ । एमालेले छोडेको मन्त्रालयमा जसपा अशोक राई पक्षलाई भाग लाग्ने छ । अर्का नेताका अनुसार जसपालाई तीन मन्त्रालय र १ राज्यमन्त्री दिने शर्तअनुसार नै उपेन्द्र यादवलाई सरकारबाट निकालिएको हो । जसपाबाट रञ्जु झाको नाम मन्त्री हुने लाइनमा रहेको पार्टी नेताहरू बत्ताउँछन् । सुशीला श्रेष्ठलाई पठाउनुपर्ने आवाज पनि पार्टीमा उठिरहेको ती नेताले बताए । जसपा नेपाल फुटाएपछि तीन मन्त्रालय पाउने सहमतिमा सरकारमा गएका कारण थप एउटा पनि दिनैपर्ने बाध्यता एमाले र माओवादीलाई रहेको एक नेताले बताए । वैशाख २३ गते बनेको जसपाका हाल सातजना सांसद छन् ।


सम्बन्धित समाचार