Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीका दुई पालिकाका अध्यक्ष एकैदिन एमाले प्रवेश

गुल्मी । गुल्मीको दुई पालिकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा मुसिकोट नगरकमिटीका अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाँउकमिटी अध्यक्ष नवीन केसी रहेका छन् ।
शनिवार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सुरू भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँहरु एमाले प्रवेश गरेको नेकपा एमालेका केन्द्रीय सदस्य गणेश खनालले जानकारी दिनुभयो ।

एमालेमा प्रवेश गरेसंगै केसीले अब नेकपा एमालेको मुल प्रवाहमा रहि एकीकरण र पार्टीले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्ने उद्घोष समेत गर्नुभयो ।
उहाँहरूलाई एमाले प्रवेश गराउन नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एबं लुम्बिनी प्रदेशभाका सदस्य तथा पूर्व गुल्मी जिल्ला ईन्चार्ज दिनेश पन्थी र केन्द्रीय सदस्य एबं चन्द्रकोट ,कालीगण्डकी , सत्यवती गाँउपालिका र मुसिकोट नगरपालिका ईन्चार्ज गणेश खनालले सहजिकरण गर्नुभएको थियो ।
यसैगरी आगामी दिनमा आफु ईन्चार्ज रहेका गाँउपालिका र नगरपालिकाका अन्य दलहरूलाईसमेत एमाले प्रवेश गराउने दृढ संकल्पकासाथ आफु अगाडी बढेको खनालले बताउनुभयो ।

नवप्रवेशीलाई एमालेका उपाध्यक्ष एबं अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहमन्त्री राम बहादुर थापा बादलले माला लगाएर स्वागत गर्नुभएको थियो ।


सम्बन्धित समाचार

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल