Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीका पाँच मन्त्री छानिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने भएको छ । भएजति सबै सांसदले मन्त्रीको आशा गरेपछि भागवण्डा मिलाउनै मुस्किल भएका बेला आज शीर्ष नेतृत्वले तय गरेको सूचि बमोजिम मन्त्री छानिने छ । यसका लागि आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक डाकिएको छ । समावेशी आधारमा भूगोलसमेत मिलाएर भरसक नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको नेता गणेश साहले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल मात्र सहभागी छन् । माओवादीले पाउने भनिएको ७ मन्त्रालयमध्ये बाँकी पाँच मन्त्रालय टुंगिन बाँकी छ । एमालेको माधव कुमार नेपाल समूहको अलमलले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको नेताहरुले बताउँदै आएका छन् । पार्टी एकताकै लागि प्रयास भइरहेकाले नेपाल समूह सरकारमा जान अनिच्छुक देखिएको छ । तर गठबन्धनका नेताहरुले संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल समूहलाई सरकारमा आउन दबाब दिइरहेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल