Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सरकारले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रो पटक म्याद थप गरेको छ। असोज १ बाट अनिवार्य अवकाश जानुपर्ने अधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा मन्त्रिपरिषदले पुरानो विशेष पदलाई कायम रहनेगरी दोस्रो पटक म्याद थप गरेको हो। सरकारले उनको म्याद थपबारे अहिलेसम्म आधिकारिक धारणा बाहिर सार्वजनिक गरेको छैन। माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिँदा सबभन्दा माथिल्लो दर्जा (कर्णेल) पाएका यमबहादुर अधिकारी (प्रतीक्षा)को असोज १ बाट अवकाशमा जान लागेको तर सरकारले रक्षा मन्त्रालयलाई पत्रचार गरेर जागिर थमौती गरेको पत्र जंगी अड्डामा पठाएको छ। कर्णेल अधिकारीको यसअघि नै अवकाश सकिएको थियो। २०७६ असोजमै सकिएको भएपनि सैनिक नियमावली अनुसार एकपटकका निम्ति सहायक रथीमा पदोन्नती दिन सकिने व्यवस्थालाई टेकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बढुवा गरेको थियो। त्यसको म्याद चार वर्षको थियो र असोज १ गते उनी अनिवार्य अवकाशमा जाँदै थिए। सरकारले सैनिक नियमावली अनुसार चाहँदा अर्को तीन वर्ष म्याद थपिन सक्ने व्यवस्थालाई पछ्याउँदै थप तीन वर्ष जागिर थमौती गरेपछि उनी असोज १ बाटै निरन्तर कार्यालय हाजिर भएका छन्। प्रधानमन्त्री दाहाल शनिबार अमेरिका प्रस्थान गरेपछि असोज १ को म्याद गुज्रनु अघि नै रक्षा मन्त्रालयलाई पत्रचार गरिएको थियो। तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत उनै अधिकारी ‘प्रतिक्षा’ बनेका थिए। उनलाई २०७६ असोज १ मा बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गरेको थियो। सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नती गरेको थियो। नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार चार वर्षको पदावधि सकिएपछि उनको असोज १ बाट पद स्वतः खारेज हुनुपर्नेमा प्रधानमन्त्री आफैंले चासो दिएर थमौती गरेका हुन्। विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको समायोजनका क्रममा उनी उपसेनानी बनेका थिए। त्यसको केही समयमै उनी महासेनानी ९कर्णेल० बन्न सफल भएका थिए। त्यतिबेला शान्ति प्रक्रिया अझै सकिनसकेको अवस्थामा सकारात्मक सन्देश प्रवाह गर्न पनि उनलाई बढुवा गरिएको हुनसक्ने सैनिक अधिकृतहरु बताएका थिए। किनकि, उनले सहायक रथी बन्न चाहिने ‘हाइयर कमाण्ड कोर्स’ पूरा गरेका थिएनन्।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल