Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । सर्वोच्चको आदेशपछि ब्यूतिएर पार्टीलाई चलायनमान बनाउन थालेको छ नेकपा माओवादी केन्द्रले आज अस्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा ९ बजेबाट शुरु हुने भनिएपनि औपचारिक रुपमा १० बजेदेखि सुरु हुने भएको छ । आजको बैठकमा केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेमा केन्द्रित हुने स्रोतले जनाएको छ । बैठकमा सहभागी हुन लागेका एक सद्श्यका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बनाउँने नयाँ सरकारबारे समेत बेठकमा छलफल हुने छ । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि सडकमा ओर्लेको माओवादी केन्द्र अहिले नयाँ सरकारको एजेन्डामा अगाडी बढेको देखिन्छ । नयाँ सरकार गठनका लागि प्रचण्डले मंगलवारमात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसंग समेत भेट गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापित भए पनि फागुन २३ गतेको सर्वोच्चको फैसलाले नेकपा एकता भंग गराएको थियो। त्यसपछि प्रचण्डलाई साथ दिँदै आएका नेता माधव कुमार नेपालले एमालेमै संघर्ष गर्ने भन्दै पेरिसडाँडाबाट छुट्टिएका थिए।