Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीले मनायो २८औं जनयुद्ध दिवस

काठमाडौं । चौतर्फी आलोचना खेप्दै नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम आयोजना गर्दै माओवादीले २८ औं जनयुद्ध दिवस मनाएको हो। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए। माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड लगायतका सहिदहरूको तस्बिरमा माल्यार्पण गरेका छन्। पेरिसडाँडामा रहेको सहिद स्तम्भमा पनि प्रचण्डले माल्यार्पण गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारको यो निर्णयको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

जनयुद्ध देशकै सम्पत्ति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरेका छन्। जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो टिप्पणी गरेका हु्न। ‘मैले यो क्याबिनेटबाट निर्णय गराएको छु। यो अब माओवादीको मात्र नभई राष्ट्रकै सम्पति बन्न पुग्यो,’ प्रधानमन्त्री प्रचण्डले भने। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको शुभकामना दिँदै जनयुद्ध दिवसलाई वैधानिक तवरबाट स्थापित गर्नपर्ने बताए। ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा सम्पूर्ण श्रमजीवि जनसमुदायमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्छु। यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले वैधानिक तवरबाट यसलाई स्थापित गरिनुपथ्र्यो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो निर्णय आफैंमा सबै बेपत्ता योद्धाप्रतिा, जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबैप्रतिको सम्मान हो। यो संकल्प पनि हो। सामाजिक आर्थिक रुपान्तरणमा पुर्याउने संकल्प पनि हो।’