Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ । एमालेसँगको पार्टी एकता सर्वोच्चले भंग गरिदिएपछि माओवादी हाल नयाँ संगठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ । संगठनबारे सुझाव संकलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताए । ‘नयाँ सदस्य थप्ने क्रममा ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिइने छ,’ उनले भने। केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत,र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उनले जानकारी दिए । कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकरले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताए
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल