Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी अध्याय सकिएकै हो ?

भ्रष्टाचार र बेथितिको जसले विरोध गर्छ त्यसको राजनीति सकिन्छ भन्ने कुरा काँग्रेसमा गणेशमान र कृष्णप्रसाद भट्टराई साक्षी हुन् । विचारको राजनीति नेपालमा भएन । केपी ओली जस्तो कपटी र फटाहाले चलाएको एमालेसम्म एक चरण चुनावी माहोलमा देखिन्छ । माओवादीका प्रचण्ड र समाजवादीका माधवहरूको राजनीतिक अध्याय अब रहेन । यिनलाई देशभित्रै संचिती राजश्व उठाउनमा ध्यान गएन वा यिनले एनसेल, ठूला करदाताभित्र समेटिएका ठूला लगानीकर्ताले छलेको राजश्व उठाउन ध्यान दिएनन् ।
नीतिगत लुट चर्काउँदै गर्दा कम्युनिष्ट पार्टीको बदनाम गराएका केपी ओली बदनम भए पनि लुटन सिकेका र स्थानीय तहदेखि लुटिरहेका कार्यकर्ताबाट केही भरथेग हुने देखियो । एमाले एनजिओको आडमा बनेको दल हो । त्यसले कतै पनि सिद्धान्त र आदर्शको ख्याल गरेन । बजार छाडा छ विकास योजनालाई निस्कलंकित बनाउनु पर्छ भन्ने ध्यान कसैको भएन । अपेक्षा माओवादीसँग थियो तर उसले सत्ताका लागि जोड दियो । एमसीसी परियोजनालाई गिजोल्ने काम पनि एमालेले ग¥यो । एमसीसी माग्ने, बेलामा अनुमोदन नगर्ने काम कम्युनिष्टकै नाममा भयो ।
माओवादीमा तत्कालिन, दीर्घकालिन, मध्यकालिन योजनाका बारेमा छलफल छैन । काँग्रेस र एमालेकै बाटोमा माओवादी हिँड्यो । त्यसका नेताहरू कोही मोहन वैद्य जस्ता जडसूत्रवादी भए कोही नेत्रविक्रम चन्दको धम्की र घुर्की नै सक्कली माओवादी बनाउन थालेका छन् । गणतन्त्र, संघीयता, समावेशीताको मुलधन माओवादी हो । अब उसले त्यसको संरक्षण गरेन । कमाउने प्रतिस्पर्धामा माओवादी गएको छ । जो १० वर्ष सघर्षमा हामी हिँड्यौ राज्यकोष प्रयोग गर्न पाउने निकायमा हामी हुनुपर्छ । पुरस्कार, सम्मान हामीले पाउनुपर्छ भन्ने घामटहरूको माओवादीभित्र दबदबा छ । त्यस्ताको पछि लाग्ने जमात घट्दो छ । माओवादीका नेतादेखि कार्यकर्तासम्मलाई अब जनता चाहिएको छैन । मात्र यो बीचमा जोडेको सम्पत्तिको सुरक्षा गर्न पाए पुगेको छ ।
मौका माओवादीले नपाएको होइन । तर उसले संविधानको रक्षा गर्ने नाममा नियमसँगत ढङ्गले चलेका संस्थामाथि प्रहार ग¥यो । जसरी केपी ओलीले आफूलाई पूर्ण विश्वास हुनासाथ संविधान, कानुन, ऐन नियम ध्वस्त बनाएर गुटको भलो गराए, प्रचण्डको पनि चाल त्यस्तै छ । समस्या मुलुक रहन्छ कि रहँदैन भन्दा पनि असफलताको बाटोमा कित समयसम्म चल्छ भन्ने अवस्था आयो । विचार मिल्नेसँग पार्टी एकता हुन्छ, कार्यक्रम मिल्नेसँग कार्यगत एकता हुन्छ । अहिलेको गठबन्धन कार्यगत एकता हो । जहाँ यो देशको संविधान र व्यवस्थासँग जोडिएको थियो ।
एमालेको ओली गुटसँग प्रचण्डको विचार, उद्देश्य र लक्ष्य मिलेर चुनावी मोर्चा बनेको थिएन । त्यहाँ सत्ता प्रमुख थियो । कागज गर्दा आधा आधा समय तोकिएकै हो । तर केपी ओलीको दुष्ट चरित्रले सत्ताको सान र पार्टीको रजगजलाई बेइमानीपूर्वक प्रयोग ग¥यो । इमान, नैतिकता, जवानी, निष्ठा, त्याग, सिद्धान्त र आदर्शका बारेमा गम्भीरता देखाएन । उसका छाउरा त्यस्तै थिए । जसले पार्टीलाई स्वार्थमा प्रयोग गरिरहेको छ । कानुन र नियमको खिल्ली उडायो । कम्युनिष्टको नाममा ठग्न पाएको एमाले भाइ काँग्रेस भएकै हो । राष्ट्र, राष्ट्रियताका बारेमा एमाले काँग्रेसभन्दा तल गिर्छ भन्ने कुरा महाकालि सन्धि प्रमाण थियो । त्यो सन्धि गर्दाका बखत पशुपति समशेर र डा. प्रकाशचन्द्र लोहनी भन्दा दश गुणा बढी भारतभक्त भएका एमालेका खड्ग ओली र माधव नेपाल नै भएका थिए । यस पष्टक अमेरिकी सहयोग एमसीसीका बारेमा माओवादी हुँदैनथ्यो भने एमालेले अध्ययन कार्यदल निर्माण गर्ने थिएन । किनकि केपी ओली र काँग्रेस त ५४ अर्ब रुपैयाँमा नाचेका थिए । चीनको बिआरआई प्रोजेक्ट कार्यान्वयन गर्दा दाम आउँदैनथ्यो काम गथ्र्यो । एमसीसीले दाम झार्छ ठेक्का पट्टा र खरिदमा भाग पाइन्छ । देउवा र केपी ओलीको प्रोजेक्ट पार्टनरसीप चलेको स्थान यही हो ।
अबको माओवादीमा विचार र सिद्धान्तले काम गर्दैन । यसले जनताको आशा र विश्वासमाथि प्रहार गर्दैछ । नारायणकाजीको फूर्ति केबल भागवण्डासँग जोडिएको मात्र हो । कार्यकर्ता घट्दै गए, नेता बाँकी रहेर पार्टी त चल्दैन । कार्यकर्ता नभएको पार्टीले जनता समेट्ने कुरा भएन । बाध्यतावश भएको एकता नेका कति त निर्वाचन क्षेत्र नभएका घुमन्ते थिए । जिल्ला छ, संगठन छैन, क्षेत्र छ जनसमर्थन छैन । नाता कुटुम्बको भोटले चुनाव जितिँदैन । काठमाडौं प्रवेश गरेपछि बाहिर गएर संगठन बनाउनुपर्छ भन्ने ख्याल तिनलाई भएन । उपाय नलागेपछि भएको एकता थियो त्यो जसले जनयुद्धको समर्थन भन्दा विरोध गरेका थिए । अब पार्टी पनि सकियो नेता धनी भए माओवादी अध्यायलाई बचाउन किन प¥यो ?