Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी कमरेड पनि माफियाकै भरिया

माफिया, तस्कर र राजश्वमाराकै हितमा पार्टी जुनसुकै भए पनि अर्थ मन्त्रालय स्तरका निर्णय मन्त्रीबाट हुन्छ भने नेपालमा वाद र दर्शन जे भए पनि जनताले केही पाएनन् । सरकारमा नपुग्दासम्म गरिबका कुरा, सर्वसाधारणका कुरा हुन्छन् जब पार्टी सरकारमा पुग्छ एमालेले ओम्नी, बतास, हुकाम, थामसेर्कुको कल्याण गर्दै अग्रवाल समूहलाई नै पोस्यो, विलासिताका सामानमा कर छूट, विद्युतीय गाडी, पाठ्यपुस्तक छाप्ने कागजमा दोब्बर कर लगायो । माओवादीका जनार्दनले विद्युतीय गाडीको कर बढाए, वायु प्रदूषणलाई सघाउने पेट्रोलियम वस्तुको परनिर्भरतालाई घटाउन विद्युतीय ऊर्जाको खपत गर्ने विषयलाई लत्याउँदै स्पञ्ज आइरनमा अन्तशुल्क, भन्सार कर छूट दिएर देशको ठूलो जनशक्तिको गासबास, कपास हनन गर्ने सहिल अग्रवाल, अशोक अग्रवाल, विष्णु न्यौपाने, पशुपति मुरारका जस्ताको हित गरेका छन् । गोरखकाली रवर उद्योग, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी, हेटौंडा कपडा उद्योग चलाउनु राम्रो हो । तर नेपालमा मरुभूमि बनाउने भारतमा शहर बसाउने एमालेको योजना यथावत राख्ने, विद्युतीय गाडीको कर बढाउने घोषणा यथावत राखेर फरक पन कस्तो ल्याए त ? यस्तै भएर बझाङका पृथ्वीबहादुर सिंहको ४० करोड काण्ड राष्ट्र बैङ्कले सार्वजनिक गरेको हो । सर्वहारा मन्त्रीको जनतामारा महंगी र कालो बजार नियन्त्रण, अभाव नियन्त्रणमा खोई त योजना ?
आरोप त काँग्रेसीहरूलाई निकै लगाइन्छ शोषक, सामन्त, भ्रष्ट र माफियाको हित गर्छन्, गरिबी हटाउने, रोजगारी बढाउने, राज्यको स्रोत जनताको पक्षमा परिचालन गर्न नचाहने आरोप काँग्रेसले झेल्नुपर्छ । तर अहिले नेपालका कम्युनिष्टहरूमा काँग्रेसभन्दा चरित्र, व्यवहार, आचरण र शैलीमा कहीं परिवर्तन र सरलता छैन । माफियाकै हितमा कम्युनिष्टहरू छैनन् र हुँदैनन् भन्ने देखाउन राज्यले गरिबी र अभावले ग्रस्त जनताको पिडा बुझ्नुप¥यो नि । खोई त यी लडाकू कमाण्डरले जनताले पाउने गरी देशको अर्थतन्त्रलाई परिचालन गरेको ? जनार्दनको क्षमता पार्टीको पैसा जनमैत्री अस्पतालमा खन्याएर त्यो अस्पताल चल्न नसक्ने बनाउने कामले छर्लङ्ग बनाएकै हो । अस्पतालले प्रयोग गरेको विद्युत महसुल समेत नतिर्ने जनार्दन कसरी सफल अर्थमन्त्री भए ? जो भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् । पार्टी नेतृत्व प्रचण्डबाट बुझाउने समयमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, हरिबोल गजुरेल जस्ता अनुहार अगाडि आउँछन् । तर यी सबै चरित्रहिन भ्रष्टका रूपमा परिचित भएका छन् । मन्त्री बन्दा कम विवादित हरिबोल र कृष्ण महरा हुन् ।

माफिया पोसेर मालामाल
एमालेका अध्यक्ष ओलीले मन पराउँदा विश्व बैङ्कका दलाल डा. युवराज खतिवडाले देशको राजश्वमाथि खेलबाड गरे । खतिवडाको समय सकियो, विष्णु पौडेलले उनले गरेको गल्ती सुधार्दै भारतमा नेपालबाट ढुंगा, गिटी, बालुवा तस्करी गराउँदै शहर बसाउने नेपालमा मरुभूमि बनाउने राष्ट्रिय नीति लागू गरे । अदालतले त्यो कुरा बन्द ग¥यो । तर ओलीलाई कुनै ग्लानी भएन । कुरा चर्का ओलीकै हुन्छन् । अहिले गठबन्धनका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको पुरक बजेटदेखिनै ९० अर्ब लगानीका २६ वटा स्टिल कम्पनीमाथि प्रहार गरेर उद्योगपतिका नाममा राज्य ठग्नेहरूलाई प्रोत्साहन गरेका छन् । अर्थमन्त्री शर्माले अन्तशुल्क र भन्सार छूट गर्दा स्पञ्ज आइरनबाट लुट्ने सहिल अग्रवाल, जगदम्बा स्टिल, सर्वोत्तम स्टिल (विष्णु न्यौपाने), अम्बे स्टिल, पशुपति मुरारकाको लक्ष्मी स्टिल, अशोक अग्रवालको नारायणी स्टिलले मुलुकबाट रु २० अर्बमाथि राजश्व दोहोन गर्न पाएका छन् । यिनै शर्माको कृपामा बीमा कम्पनीहरू खोल्न स्वीकृति दिने कुरामा विमती भएन । बीमा कम्पनीहरूले बीमा कर्ताहरूमाथि कति सताउँछन्, कस्तो अत्याचार गर्छन् त्यो अर्थमन्त्रालयले हेर्दैन । सरकारको ४५ प्रतिशत शेयर रहेको रिइन्स्योरेन्सबाट मन्त्री शर्माकै कृपामा हिमालयन रि इन्स्योरेन्सले रु ३ खर्ब ५० करोडको सरकारको व्यवसाय लिएको छ । विवादित घराना सहिल अग्रवालले त्यो सुविधा पाएका हुन् । अग्रवगाल कोरोनाको महामारीका बेला थर्मल गन कालोबजारी गर्दा रंगेहात पक्राउ परेका व्यापारी हुन् । ओली सरकारका उपप्रम सीसीएमसीका संयोजक ईश्वर पारखेलले यिनैलाई राष्ट्रपति मार्फत् पदक तथा विभूषण दिलाएका थिए । नेपालमा जुन पार्टी सत्तामा पुग्छ त्यसकै घुस्याहा नेता र मन्त्रीहरूलाई घुुस खुवाएर व्यापारिक फाइदा लिनेहरूले अर्थमन्त्री डा. युवराज खतिवडा, विष्णु पौडेल, जनार्दन शर्माकाबीचमा बोली फरक पाए, व्यवहार फरक पाएनन् । अर्थात् आफू घुस खाने, जनताको थाप्लोमा ऋणको भार थोपर्ने जनार्दनहरूको क्रान्तिकारीता उदांगो भएको छ । माओवादी नेतृत्वले पार्टीका अर्थविज्ञलाई राखेर अर्थमन्त्रीबाट पैसा असुल्न सहिल अग्रवालहरूलाई राज्यस्रोत लुटुन छुट दिएको हो भने अर्को कुरा होइन भने ९० अर्ब लगानी डुबाउने, सयौं मजदुरको रोजगारी गुम्ने रु २० अर्ब राज्यलाई नोक्सान पु¥याउने काम हुँदा चुप बस्नुको कारण के ? जनार्दन शर्मा आफू मन्त्री बन्नका लागि कृष्णबहादुर महरालाई मिडिया लगाएर गच्छदार बनाउने नेता हुन् । महरालाई गच्छदार शैली भनेर दुत्कार्ने जनार्दन कुन शैली अपनाउने जनमुक्ति सेनाका कमाण्डर परे ? माओवादीको नाममा खाओवादी भएकाहरूबाट खोजी हुने कि नहुने ? यस पटकको बजेटमा मन्त्री शर्मालाई अपजस दिने ठाउँ नहोला । तर यिनले मन्त्रीस्तरीय निर्णय गराएर कति तस्कर र माफियाको सेवा पु¥याए सार्वजनिक हुन्छ । त्यो बेला ९० अर्ब लगानी डुबाएका २६ स्टिल कम्पनीको जिम्मा अर्थमन्त्री शर्मा र अशोक अग्रवाल, सहिल अग्रवाल, विष्णु न्यौपाने, पशुपति मुरारकाले लिने कि नलिने प्रश्न उठाउन थालिएको छ ।