Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
उनले पछिल्लो समय केही सञ्चार माध्यमहरुमा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पदलोलुपताको कारण पार्टी विघटनको दिशामा अगाडि बढेको आरोप समेत लगाएका छन् । उनले भनेका छन्,कुर्सी मोह अस्थिरता, परिवारवादी एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ । उनले सुशासन सहितको स्थिरतामार्फत मुलुकमा दिगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि केपी शर्मा ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेको समेत जानकारी दिएका छन् । उनले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन अपिल गरेका छन् ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल