Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी केन्द्रीय सदस्य शर्माद्वारा पार्टी परित्यागको घोषणा

जनकपुरधाम । संविधानसभा सदस्य रामकुमार शर्माले नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी सामाजिक संजालमार्फत् अध्यक्ष प्रचण्डलाई गराएका हुन् ।

नेता शर्मा पार्टीको नेतृत्वप्रति लामो समयदेखि असन्तुष्ट थिए । उनले पार्टीका प्रमुख पदाधिकारीहरु बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको, माओवादी पार्टी नभएर गुटैगुटका महासंघमा रुपान्तरण भएको, जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुदै गएको टिप्पणी गरेका छन् ।

नेता शर्माले जनादेश विपरित विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटक९पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अन्नत अध्यारो दिशातर्फ धकेलेको आरोप पनि अध्यक्ष प्रचण्डमाथि लगाएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा छन् । तर शर्माले पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको काममा असन्तुष्टी जनाउँदै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समिक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभुति हुन्छ

पार्टीले लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचानसहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक समाबेशी संसद, क्रान्तिकारी भुमिसुधार, निस्शुल्क एवं गुणस्तरिय शिक्षा र स्वास्थ्यका साथै रोजगारीको ग्यारेन्टीसहित नयाँ नेपाल बनाउने सपना तुहिएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

उनले महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी भएको र जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महशुस गरेको पनि उनले उल्लेख गरेका छन्