Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सत्ता अहंकार र दलीय गुटबन्दीको शिकार बन्न पुगेको प्रदेश तहको संसदीय चुनाव भद्रगोल हुदैछ । लुम्बिनी प्रदेशमा एमाले सांसद पदबाट राजीनामा दिएर काँग्रेस प्रवेश गरेका दीर्घनारायण पाण्डेले माओवादी त्यागेर एमालेको उम्मेद्वार बनाइएका चन्द्र बहादुर खड्कालाई लडाउँदैछन् । नेकपाको विभाजन हुदैनथ्यो भने काँग्रेसका उम्मेद्वार पराजयको घोषणा कुर्नु पथ्र्याे ।
पार्टी विभाजन अन्र्तपार्टीमा गुटबन्दीलाई स्थान दिदा एमाले ठूलो पार्टी धेरै मतदाता भएर पनि राष्ट्रिय सभामा ठाँउ पाउने स्थान अब कमजोर बन्दैछ । लुुम्बिनीमा एमाले ९१ काँग्रेस, ६४ माओवादी ३९ मत छन् । १०३ मत काँग्रेस र माओवादीका छन् । यहाँ जसपा र जनमोर्चाका १८ मत छन् । यो मत शंकर पोख्रेलको कानून मिच्ने अभियानमा साथ दिदैन । त्यहाँ जसपाका ४ जना सांसद शंकरको पक्षमा भए पनि २ जना पक्षमा छैनन् । लुम्बिनीमा एमाले ३४ काँग्रेस १९ माओवादी १८ जनमोर्चाका १ राजपाका ६ जना सांसद छन् । जसपाका ४ ले एमालेलाई सघाए पछि बहुमत पुगेको आधारमा शंकर मुख्यमन्त्री भएका हुन् । पोख्रेलले आफ्नो पद त जसपा फुटाएर जोगाए । त्यहाँबाट राष्ट्रिय सभामा आफ्नो उम्मेद्वार ल्याउन सक्ने भएनन् । उनले संसदमा तत्काल अविश्वासको सामाना गर्न नपरे पनि विपक्षीहरुको साथ भने पाउने अवस्था रहेन । जसपाको ४ मत पुन विपक्षी तर्फ आयो भने नैतिक रुपमा शंकरलाई शंकट पर्न सक्छ ।
तर संघिय सरकारका प्रधानमन्त्री केपि ओली आफै अल्पमतको प्रम भए पनि बहूमतको सरकार झै कुदिरहेको बेला प्रदेशका मुख्यमन्त्रीहरुले राजनीति संस्कार र नैतिकताको छनक दिउन् कसरी ? यस्तै स्थिति गण्डकी प्रदेशमा देखा परेको छ त्यहाँ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्री परिषद विस्तार गर्ने तयारी गरिरहेका छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल