Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सामान्य कर्मकाण्डकै बीचमा माओवादी केन्द्रको महाधिवेशन सम्पन्न हुँदैछ । एमालेसँग एकीकरणपश्चात बनेको नेकपा विभाजनपछिको यो महाधिवेशनको आकर्षण राप्रपाको महाधिवेशनजत्तिको पनि रहन सकेन । किनभने प्रायोजित रुपमा माओको नाम बदनाम गर्दै चलाइएको प्रचण्ड, बाबुराम, मोहन वैद्य, विप्लव समूहको हिंसा कुनै कम्युनिष्ट क्रान्ति थिएन । यो त युरोपियन इसाई मिशेनरीहरूले सेना र दरबारको एउटा गिरोहलाई हाता लिएर चलाएको क्रुसेडर्स आतंकवाद थियो । यसका सर्वोच्च कमाण्डर प्रज्वलसमशेर जबरा र जनरल कुमार फुदुङहरू थिए । यति हुँदाहुँदै पनि कम्युनिष्ट नाममा नक्कली खेती गरेर एमाले माओवादी एकीकरण भएको थियो । एमालेभित्र माधवकुमार नेपाल जस्ता युनिफिकेशन चर्चका पादरीसँग गठजोड गरेर ओलीसँग अल्पमत र बहुमतको खेल खेल्नु प्रचण्डको आत्मघात थियो । नेकपा एमाले र माओवादी एकीकरणपछि शक्ति संघर्ष पेचिलो बनेको थियो ।
यही समयमा प्रचण्डको अस्ट्रेलिया भ्रमण तय भयो । यो भ्रमण प्रचण्डलाई अस्ट्रेलियामा लगेर त्यहीकै विमानस्थलबाट युद्द अपराधीका रुपमा गिरफ्तार गराउने योजनामा थियो । यता, केही मानवअधिकारवादी नामका पश्चिमा अनुचरहरूले नन्दप्रसाद अधिकारीको मुद्दा उठाइरहेका थिए । यसकार्यमा प्रचण्डकै सहयात्री जनार्दन शर्मा क्रियाशील थिए भनिन्छ । नेपालबाट प्रचण्ड चढेको प्लेनमा सँगै जाने र अष्ट्रेलियाको विमानस्थलबाट युद्ध अपराधमा गिरफ्तारमा गर्ने मिशनमा दुई जना अस्ट्रेलियन नेपाल आएका थिए । यो कुरा थाहा पाएपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रचण्डको भ्रमण रोकेर बचाएका थिए । अन्तिम अवस्थामा प्रचण्डले अस्ट्रेलियाको भ्रमण रद्द गरेका थिए । यो कुरा प्रयोगवादी पुष्पकमल दाहालले हेक्का राख्न जरुरी छ । माओवादी नै नरहेका माओवादी अध्यक्ष प्रचण्ड र उनको समूह यिनै जनार्दन शर्मा जस्ता देशी विदेशी एजेन्सीसँग जोडिएका प्रज्वलसमशेर र कुमार फुदुङका अनुयायी हुन् । यो कुरा अरुलाई भन्दा बढी जानकारी स्वयं पुष्पकमल दाहाललाई नै होला । यो अवस्थामा माधव नेपाल बोकेर ओलीसँग जुहारी खेलेर बनाएको पाँचमुखे अस्थायी सरकार र अब हुने चुनावमा उनको अवस्था के हुन्छ भन्न सकिने अवस्था छैन । सेना र विदेशी शक्ति केन्द्रको आडमा आएको गणतन्त्र, प्रचण्ड र राजाका प्रतिनिधिबीचको पाँचबुदे सहमति माधव नेपालले दरबारमा चढाएको बिन्तीपत्र जस्तै ढिलो चाँडो सार्वजनिक नहोला भन्न सकिँदैन ।
यो अवस्थामा अहंकार र षड््यन्त्रको राजनीति त्यागेर विगतका कुकर्मको समिक्षा गर्दै निर्वाचनसम्ममा एमाले र प्रचण्डले वाम एकता गर्नुमा नै दुवैको कल्याण छ । जनार्दन शर्मा मिशनले भरिएको समूहलाई पार्टी भन्नु प्रचण्डको राजनीतिक आत्महत्या हुनेछ । भीरबाट लड्न लागेको गोरुलाई फर्काउने कोशिश हुन्छ, त्यो गर्दा पनि नमाने राम राम भन्नु बाहेक विकल्प नै रहँदैन । प्रचण्ले हेक्का राख्दा हुन्छ उनको राजनीति शेरबहादुर देउवा, धनराज गुरुङ, गगन थापा र विश्वप्रकाशले धानेर धानिँदैन । कृष्णबहादुर महरालाई रोशनी प्रकरणमा सुभाष नेम्वाङ र अग्नि खरेलसँगै भूमिक निभाउने पात्र गगन थापा र उनीसँग आवद्ध पत्रकार अजयबाबु शिवाकोटी पनि हुन् । यसकारण जनार्दन मिशनका माओवादी मिडिया रातोपाटी, सेतोपाटीलगायतका अनलाइनहरू कान्तिपुर, नयाँ पत्रिका मार्काहरूले गगन, धनराज र विश्वप्रकाशहरूको विजयमा जयजयकार गरिरहेका छन् । के यी विषयवस्तुहरूको हेक्का प्रचण्डलाई छ ? इतिहास पुरानै रुपमा दोहोरिँदैन । इतिहासको सही ढंगले समिक्षा गर्न नसक्नेहरू आफैं किनारा लाग्दछन् । पुष्पकमल दाहालसँग इतिहासको समीक्षा गरेर अघि बढ्ने या समाप्त हुने ? यो बाहेक उनीसँग अर्को मार्ग रहेको छैन ।
केपी ओलीले हेक्का राखुन्
२०६२/०६३ पछि नेकपा एमालेका सबै प्रधानमन्त्रीहरू प्रचण्डको सहयोगमा बनेका हुन् । स्वयं केपी ओलीको दुई पटकको प्रधानमन्त्रीत्व पनि प्रचण्डकै सहयोगमा हो । जहाँसम्म केपी ओलीको अहिलेको अवस्था हो यसमा ओलीको एमसीसीप्रतिको मोह, दम्भ र अहंकार पनि त्यति नै पार्टी विभाजनका लागि जिम्मेवार रहेको छ । माधव नेपाल बोकेर ओलीसँग जुहारी खेल्ने प्रचण्डको कमजोरी जस्तै भारत, अमेरिका दाहिना भए जे पनि गर्न सकिन्छ भन्ने ओलीको अहंकार पनि त्यतिनै घातक थियो र छ । अहिले जुन शक्ति केन्द्रले पूर्व राजा ज्ञानेन्द्रका प्रतिनिधि र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दस्तावेज ओलीलाई दिएको छ र बोल्न लगाएको छ के त्यो अदृश्य शक्ति केन्द्रले ओलीको ती शक्ति केन्द्रसँग भएका कतिपय गोप्य कुराहरू पनि प्रचण्डलाई दिँदैन भन्ने के ग्यारेन्टी छ ? के केपी ओलीले यस विषयमा सोच विचार गरेका छन् ? यो त वामपन्थीहरूलाई आपसमा भिडाएर वीरेन्द्र मार्ने शक्ति केन्द्रले खेलेको खेल हो ।
खासगरी पछिल्लो चरणमा वामपन्थीहरूमार्फत् चीनको शसक्त उपस्थितिपछि भारत र पश्चिमाहरू तिलमिलाएका छन् । उनीहरूले वामपन्थीहरूलाई विभाजन गरेर आफ्नो केन्द्रमा गोलबद्द गर्ने रणनीतिअन्तर्गत विभिन्न जालहरू फिँजाइरहेको हेक्का ओलीले राख्न जरुरी छ । वीरेन्द्र, मदन मण्डारी, सुशील कोइराला, राजेश्वर देवकोटासम्मको हत्या गरेको शक्तिकेन्द्र कसरी खेल्दछ भन्ने कुरा ओली र प्रचण्डजति जानकार अरु छैनन् । यो अवस्थामा प्रचण्डसँग रहेका जनार्दन शर्मा हुन् या माइतीघरमा रेखा थापालाई लगेर प्रचण्डसँग नचाउने हरिबोल गजुरेल, वर्षमान पुन हुन् या यता ओलीसँग बसेका सुभाष नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेल, या काँग्रेसका गगन थापा हुन् या विश्वप्रकाश शर्मा मार्काहरू । यी सबै वीरेन्द्र हत्या गर्ने केन्द्रका एउटै मिशनका फरक फरक पात्रहरू हुन् ।
यसकारण चीनले सुझाएजस्तै प्रचण्ड ओली वाम एकताका साथ आ–आफ्ना कमी कमजोरीहरू समिक्षा गरेर अघि बढ्न जरुरी छ । माओवादी नै नरहेका प्रचण्डले माओवादका नाममा एजेन्टहरू बोक्नु र कम्युष्टि नै नरहेका केपी ओलीले एमालेको ब्यानरमा उनै शक्ति केन्द्रका पात्र बोक्नुको कुनै अर्थ छैन । तर जनमत वामन्थी, देशभक्त र चीन नेपाल मैत्री जनमत हो । अर्थहीन धर्म निरपेक्षता र संघीयताको खारेजी परम्परागत शक्तिलाई सीहानुक मोडलमा सेटल गर्दै कम्बोडियामा जस्तै भारतको मानार्थ र राष्ट्रसंघको शान्ति सेनाको रुपमा रहेको कथित नेपाली सेनालाई विघटन गरेर वामपन्थी जनमतको रक्षा र परिवर्तनका एजेन्डा स्थापित गर्नुमा नै दुवैको र देशको पनि भलो हुनेछ । सबैलाई चेतना भया ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल