Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी नेतालाई एमालेमा स्वागत गर्दै कमल थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले माओवादी जिल्ला सदस्यलाई नेकपा एमालेमा स्वागत गरेका छन् । मकवानपुर एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले फूल माला लगाएर नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसम्पादन समितिका सदस्य शंकर राउतलाई एमालेमा स्वागत गरेका हुन् । एमालेको सूर्य चिन्हबाट पहिलो पटक उम्मेदवार भएका थापालाई हिजो तालाबन्दी गरिएको कार्यालयमा स्वागत गरिएको थियो । एमालेका रामेश्वर रानाको टिकट खोसेर थापालाई मकवानपुर–१ को टिकट दिए पछि आक्रोशित एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । उनै कार्यकर्ताले आज भने थापालाई खादा लगाएर स्वागत गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र टिकट खोसिएका रानाको प्रशंशामा झन्डै १० मिनेट खर्चिएका थापाले ओली सरकारमा हुँदा परराष्ट्र मन्त्रीको हैसियतमा चीनसँग नाका खोल्ने देखी अन्य विषयमा देश र जनताको पक्षमा काम गरेको पनि स्मरण गरेका थिए । थापा मकवानपुर–१ वाट सूर्य चिन्ह लिएर उम्मेदवार छन् ।