Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी महाधिवेशनमा सबै राजनीतिक दललाई निमन्त्रणा गरिने

काठमाडौं । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले उद्घाटन समारोहमा सबै राजनीतिक पार्टीका नेतृत्वलाई निमन्त्रणा गर्ने भएको छ । प्रथम राष्ट्रिय सम्मेलनको अन्तिम तयारी भइरहँदा हिजो साँझ बसेको माओवादी स्थायी समिति बैठकले महाधिवेशन भन्ने निर्णय गरेको थियो । तर महाधिवेशन भन्ने नभन्नेबारे आज केहिबेरमा सुरु हुने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नुपर्नेछ । माओवादीको महाधिवेशनको उद्घाटनसत्र आज अपराह्न ३ बजेबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुनेछ । राष्ट्रिय सम्मेलन भएको अवस्थामा माओवादीले अन्य राजनीतिक दलका नेतृत्वलाई आमन्त्रण गर्ने निर्णय गरेको थियो ।