Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माक्स लगाएर सरकार विरुद्ध उत्रिन काँग्रेसको अपिल

काठमाडौं । कोरोना कहरकाबीच सरकारी रवैयाका विरुद्ध देशका प्रदर्शन गर्न लागेको नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई माक्स र सामाजिक दूरीसहित मैदानमा उत्रिन आह्वान गरेको छ । नेपाली काँग्रेसले भोलि सोमबार देशव्यापी प्रर्दशन गर्ने भएको छ । प्रदर्शनका बेला कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न पार्टीका सभापति शेरबहादुर देउवाले अपील गरेका छन् । सभापति देउवाले प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनुपरेको बताएका छन् ।
प्रदर्शनको तयारीमा जुटेका सबै तहका नेता कार्यकर्तालाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन देउवाले अपील गरेका छन् ।
यसअघि काँग्रेसले भोलि सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो । मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल काँग्रेस भएको भन्दै देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताएका छन् ।
नेपाली जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना इतिहासकै लज्जास्पद घटना भएको अपीलमा भनिएको छ ।


सम्बन्धित समाचार