Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माघबाट चेक डिपोजिट गर्दा विवरण खुलाउनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई आगामी माघ गतेबाट अनिवार्यरूपमा ‘गो–एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैङ्कले एन्टी मनि लाउन्ड्रिङ सिस्टम– एएमएललाई अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । एमएलमा कार्यान्वयन गर्न आलटाल गरेको भन्दै राष्ट्र बैङ्कले मिति नै तोकेर सम्पत्ति शुद्धीकरण निवारणमा जान निर्देशन दिएको हो । गो–एएमएल सफ्टवयर कार्यान्वयनमा आएपछि बैङ्कले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्न सक्ने छ । बैङ्कहरू अनिवार्यरूपमा डिजिटलाइजेसनमा जानुपर्ने हुँदा यो सिस्टम डेभलप गरिएको राष्ट्र बैङ्कले जनाएको छ । अहिले राष्ट्र बैङ्कले १० लाख रूपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्ने गर्छ । गो एमएलमा गएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरक–फरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ । अब सबै कारोबारको विवरण बैङ्कको कोर बैङ्किङ सिस्टम हुँदै गो–एएमएलमा ठोकिन्छ । गो–एएमएलमा जानका लागि चेक जम्मा गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बरदेखि अन्य विवरण पनि भर्नुपर्ने हुन्छ । माघ १ गतेबाट बैङ्कले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने छ । यसअघि नै बैङ्कहरूलाई यो प्रणालीमा आबद्ध भएर जान राष्ट्र बैङ्कले परिपत्र जारी गरेको थियो । सम्पत्ति शुद्धीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा सूचना समाविष्ट गरेर त्यसका आधारमा बलियो नियमन तथा सुपरिवेक्षण गर्न गो–एएमएल नेपालमा पनि लागू गर्न लागिएको हो । पछिल्लो समय साइबर क्राइम बढ्दै गएकोले सूचना प्रविधिमा लगानी बढाउन पनि बैकरहरूलाई राष्ट्र बैङ्कले सचेत गराएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल