Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव, रोशीका बाढी पीडितलाई सहयोग हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ। केन्द्रिय कार्यालयसँगै देशभरका शाखा कार्यालयहरुमा समेत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाइएको हो। ‘उत्सव र सहयोग’भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा मनाइरहेको छ। बैंकले यसवर्ष २४औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गरेको जनाएको छ। यही अवसरमा बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्धन कार्यक्रम लगायत सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू संचालन गरेको छ। गत साताको बाढी पहिरोमा परि काभ्रे जिल्लाको रोशी गाउँपालिका १ र २ मा विस्थापित भएकाहरुलाई बैंकले २०० थान ब्लांकेट प्रदान गरेको छ। रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई सो सहयोग हस्तान्तरण गरिएको थियो। २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्नअफरहरु पनि बैंकले घोषणा गरेको छ। डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याइएको छ। जस अन्तर्गत बैंकको डेबिट कार्ड लिनेहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन्। यस्तै, बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट २ हजार ४०० मात्रमा प्रदान गरिरहेको छ। साथै बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशत सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशत सम्मको छुट प्रदानगर्ने जनाएको छ। यो योजना भने असोज १ देखि ३० गते सम्मको लागि लागू हुनेछ।


सम्बन्धित समाचार