Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे सेक्यूरिटिज संचालनमा

काठमाडौं। माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटिज संचालनमा आएको छ। कम्पनीको विहीबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उद्घाटन गरे।
हमालले धितोपत्र बजारको विकास र विस्तारका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे। उनले लगानीकर्तामा धितोपत्र कारोबारको विश्वसनियता बढाउने धारणा राखे। बैंकका पूर्व अध्यक्ष एवं गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महत्तोले धितोपत्र बजारमा कम्पनो प्रवेशले देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
बैंक अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पूर्वाधार तथा नियमन व्यवस्थाहरुको पूर्ण परिपालना हुने गरी व्यवसायिक, पारदर्शी र विश्वसनीय तरीकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा कम्पनीले काम गर्ने अपेक्षा राखे।


सम्बन्धित समाचार