Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपियाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता स्थानीय बासिन्दाका लागि बिक्री गर्न लागिएको हो । त्यस्तै १ लाख ३६ हजार ३६४ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्काशन गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १०६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. २०६ रुपियाँ दरमा आईपीओ बिक्री गर्न लागेको हो ।
आईपीओका लागि आयोजन प्रभावित क्षेत्र ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ , मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिकाको वडा नं ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले छिटोमा साउन ११ गतेसम्म र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले भने साउन ११ गतेसम्म मात्रै आवेदन दिन पाउने छन् ।
पहिलो चरणको आईपीओ बाँडफाँट पछि सर्वसाधारणका लागि निष्काशन खुला गरिने कम्पनीले जनाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल