Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यसअघि नै १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्तासमेत थप गरेर १२ लाख ८४ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
उक्त शेयर १ लाख २८ हजार ४ सय २० जनाले १०–१० कित्ता पाउने छन् ।
सानिमा समूह अन्तर्गतको कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल