Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधब नेपाल पद चाहिदैन भनेर गफ गर्थे तर आपूर्ति मन्त्री चाइयो रे

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले, प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोही नपाएको भए आफूहरु दिन तयार रहेको बताएका छन् ।
संयुक्त विद्यार्थी आन्दोलनका नेताहरुसँग आइतबार बिहान भएको भेटमा नेपालले सो कुरा बताएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलनरत विद्यार्थी नेताहरु नेता नेपालको ध्यानाकर्षण गराउन गएका थिए । सो क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘आपूर्ति मन्त्री नहुँदा पनि समस्या छ । प्रधानमन्त्री आफैंले सबै हेर्न पनि सकिंदैन । हामीले भनेका छौं अरु कोही पाइया छैन भने हामी छँदैछौं नि मन्त्री दिने । तर सुन्दैनन् अब गर्ने के प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको कोटाबाट जबराका जेठान नेता पर्ने गजेन्द्र हमाललाई आपूर्ति मन्त्रीमा नियुक्त गरेका थिए । तर त्यसको सर्वत्र विरोध भएपछि हमालले भोलिपल्टै पदबाट राजीनामा दिएका थिए
जनतालाई मर्का पर्ने गरी मूल्यवृद्धि गर्न नहुने बताउँदै नेपालले यसबारे गठबन्धनका नेताहरुसँग छलफल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने बताए । ‘सबैभन्दा पहिले सरकार गम्भीर बन्नुपर्यो । सरकार गम्भीर बन्न सकेको छैन भने सत्तामा बसेका पार्टीहरुले चासो र सरोकार राख्नुपर्यो । यसर्थ यो हाम्रो दायित्वभित्र पनि पर्दछ,’ उनले भने ।
नेता नेपालले अगाडि भने, ‘यसको निम्ति हामी पनि छलफल गर्छौं । सरकारलाई पनि भन्ने छौं । सरकारले बरु करको दायरा घटाउनु पनि पर्यो । प्रधानमन्त्रीको म ध्यानाकर्षण गराउँछु ।’
अत्यधिक मूल्यवृद्धि गरेर जनतामा अत्याचार भएको बताउँदै उनले यसबारे सम्बन्धित निकायसँग आफूले बुझ्ने पनि बताए । ‘म पनि बुझुँला । मलाई त्यहाँको सचिवको नम्बर चाहियो,’ नेता नेपालले भने, ‘रक्सोलबाट पाइपलाइन जोडिसकेपछि त सस्तो हुनुपर्ने हो । मैले पनि बुझिराख्या छैन । ढुवानी कष्टका कुरादेखि लिएर, नोक्सानी कति पुर्ताल भएको छ, त्यो हिसाबकिताब हुन्छ कि हुँदैन, यी सबै कुराहरुको बारेमा सम्बन्धित निकायसँग म पनि बुझौंला ।’

समस्याका पाटाहरू भएको भए त्यसलाई समाधान गर्ने उपाय खोज्नुपर्ने र उपाय खोज्ने कार्यमा सबैले साथ दिनुपर्ने नेता नेपालले बताए ।


सम्बन्धित समाचार