Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । केपी ओलीले पार्टीको विधि प्रक्रिया तोड्यो गुटबन्दी गरे भन्दै फरक टीम बनाएर पार्टी फुुटाएका एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफैं गुुटवन्दीमा उत्रेका छन् । पार्टी वरिष्ठ नेता झलनाथ खनाललाई समेत सोधनी नभएको नेकपा एसको अपानी आक्रोश बढन गएपछि एक सातामै फिर्ता भएको छ । रामकुुमारी झाँक्री, रमेश गुरुङहरूको कार्य क्षेत्र फेरिदा विद्रोह भयो । गुरुङ पार्टी केन्द्रीय सदस्यवाट राजीनामा दिएर स्वतन्त्र बसेका छन् । आक्रोश झलनाथकै चर्को भो । जिल्ला नजाने केन्द्रमा बसेर गुुटवन्दी गर्दै स्वार्थको खेती चलाएका नेताहरूलाई पार्टीको जिल्ला नगर गाउँ क्षेत्रको अवस्थाका वारेमा ख्याल गरेका छैनन् । माओवादी हुँदैनथ्यो भने एक्लै चुुनाव लडेर एसका कुनै पनि नेताले जित्दैनथ्यो । नेकपा एसको संगठन बलियो कतै नभए पनि केन्द्रमा बसेर हैकम चलाउन सबै तयार छन् । झलनाथ खनाल एमालेमा गुट नभएका नेता थिए । वामदेव, केपी, माधवको गुुट थियो । अहिले माधव एमालेकै जवज त्याग्न नसक्ने तर पार्टी छुुट्टै बनाउनु पर्ने अवस्थामा पुुगे । उनै माधवले नै नेकपा एसमा विधि प्रकृया तोडेर अन्तपार्टी निर्देशीका जारी गर्दा हुुँडलो भयो । झलनाथ बेला कुरेका छन् । इलाममा हुने उपचुुनावमा एमालेका केपी ओलीले टिकट दिने हो भने खनाल एमालेमा फर्कन सक्छन् भन्ने कुुरा माधव नेपाललाई किन चेत छैन् । उनकै पछि लागेर पार्टी केन्द्रमा तानीएका गोकर्ण विष्ट, योगेश भट्टराई, रघुुजी पन्तले एमाले नै रोज्नुुको कारण फुुटेको पार्टीको तागत हुुँदैन भने र नै हो । डा. भिम रावललाई केपी ओलीले खेलाइरहेका छन् वामदेवलाई केपीले पद दिन चाहेनन् । माधवले दिने पदमा डा. रावल र गौतम सन्तुुष्ट भएनन् र आफ्नै गुुटका सुुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, शेरबहादुुर तामाङ एमालेमै बसे किन ? नेता माधवलाई चासो छैन् । त्यही पार्टीबाट सरकारमा जाने काम देखाउन नसक्ने मन्त्री भएका छन् । ठेकेदार र व्यापारी भए पनि प्रेम आले र किसान श्रेष्ठ मन्त्री भएका वेला चर्चामा थिए । सिद्धान्तले पेट भर्दैन आदर्शवान कोही छैनन् । नियत राम्रै भएपनि माधव नेपाल बालुुवाटार काण्डमै जोडिए कम्युुनिष्ट भन्ने समाजवाद मान्ने तर संसदकोषको रु ५ करोडको विरोध नगर्ने कस्तो समाजवादी हो । निष्ठा र त्याग मात्र होइनन आत्म स्वाभिमानको कुुरा गर्ने मोहन वैद्य, नेत्रविक्रम चन्दको हालत पनि देखियो । धम्काएर चन्दा उठाउने मुुलुुकको चरम भ्रष्टाचार र वेथितिमाथि प्रहार नगर्ने वैद्यको पार्टी कहाँ पुुग्यो चन्दको हालत के भयो संसदीय मोर्चामा दायाँ–वायाँ नगर्ने नेकपा एकिकृत समाजवादी भाइ एमाले बनेर कति विचार गरेको छ ? सांसदलाई टिकाउन र कार्यकर्ता धान्नका लागि राष्ट्रिय पार्टी नभए पनि सरकारमा सहभागी एकिकृत समाजवादी संघियता गणतन्त्र समावेशीताको एजेण्डा मिलेको माओवादीसँग पनि मिल्दैन । केपी ओली व्यक्ति तान्ने माधवलाई त्याग्ने एक सुत्रिय एजेण्डामा छन् । यस्तो वेला माधवको अन्तरपार्टी निर्देशिका साता नवित्दै फिर्ता गर्न वाध्यात्मक स्थिति बन्यो ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल