Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधवलाई गाह्रो पर्यो थ्रेसहोल्डको नेटो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिमतिर पुगेको छ । हालसम्म एक करोड ४ लाख २० हजार १२५ मत गणना गर्दा एमालेले सुरूवातदेखिको अग्रता कायमै राखेको छ । नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ मत प्राप्त गरेको छ । २६ लाख ६० हजार २४६ मत ल्याएर कांग्रेस दोस्रो स्थानमा छ । दुई दलबीचको मतान्तर एक लाख २८ हजार ११० रहेको छ । तेस्रो स्थानमा रहेको माओवादीको ११ लाख ६२ हजार १२४ मत छ । ११ लाख २४ हजार ५४३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो स्थान कायमै राखेको छ । राप्रपा ५ लाख ८६ हजार ६३८ मतका साथ पाँचौ स्थानमा रहँदा ४ लाख २० हजार ९४६ मत ल्याएर जसपा छैटौं स्थानमा छ । डा। सीके राउत नेतृत्वको जनमत पार्टीको ३ लाख ९४ हजार ५२६ मत रहेको छ । नेकपा एस जनमतभन्दा एक लाख बढी मतले पछाडि छ । नेकपा एसको २ लाख ९४ हजार ३६२ हुँदा नागरिक उन्मुक्तिको २ लाख ७१ हजार ६६२ मत छ । प्रत्यक्षमा १० सीट जितेको नेकपा एसले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ ।