Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधवलाई फर्काउन चोलेन्द्रको दौडधूप

काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि त्यसको सेफ ल्यान्डिङ गर्ने मार्ग खोज्न थालिएको छ । संविधानको पाना पल्टाउने बित्तिकै कानुनी रुपमा प्रधानमन्त्रीको कदम उल्टिने निश्चित भएपछि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरानै नेकपामा देखिएको अन्तरकलह मिलाउँदै प्रधानमन्त्री केपी ओलीको कुर्सी जोगाउन दौडधूपमा लागेका हुन् ।

प्रधानमन्त्री ओलीका विश्वासपात्र बनेका प्रधानन्याधीश राणाले नेकपाका अध्यक्ष माधवकुमार नेपाललाई निजी गाडीमा एउटा होटलमा लगेर घाम ताप्दै प्रचण्डलाई छाडेर तपाईं पुरानै घरमा फर्किनुहोस् समस्याको समाधान भइहाल्छ तपाईंलाई रोजेको पद दिलाउने जिम्मा मेरो भयो भन्ने प्रस्ताव राखे पनि माधवकुमार नेपाल चोलेन्द्रको प्रस्तावमा टसमस भएनन् । त्यसपछि चोलेन्द्रले धम्क्याउने शैलीमा भोलिका अप्ठ्याराहरुलाई हेर्नुस् समय सहज छैन भनेर सम्झना प्रयास पनि गरेको समाचार स्रोतले दाबी गरेको छ ।

अहिलेको विवाद प्रधानमन्त्री केपी ओली र माधव कुमार नेपालको हो भन्ने कुरा राजनीतिक वृत्तमा बताइरहनु पर्दैन । पार्टी एकता भएपछि ओलीले माधवलाई पेलेका थिए, त्यसैको परिणा हो नेकपाको विभाजन । यहाँ सिद्धान्त, नीति, र विधि प्रक्रियाका विषय उठाउने माधव नै थिए । माधवले उठाएका विषयलाई लत्याउँदै र कुनै चासै नदिइ अघि बढेका प्रधानमन्त्रीको सामन्ती शंस्कारकै कारण नेकपाभित्र ठूलो असन्तुष्टि बढेको अहिलेको पार्टी विभाजनमा देखिएको कित्ताकाटले देखाएको छ ।


सम्बन्धित समाचार