Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधवलाई फुटको चिन्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल र षड्यन्त्र सुरु गरिएको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले बिहीबारदेखि सुरू केन्द्रीय कमिटी बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीविरुद्ध षड्यन्त्र गर्न लागिएको बताए । उनले यसबारेमा चनाखो भएर बस्न नेता–कार्यकर्तालाई उनले भनेका छन् । नेपालले सम्बोधनका क्रममा कसले कस्तो षड्यन्त्र गर्दैछन् भन्ने खुलाएन् । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । यसअघि पनि ओलीले आफूहरूको पार्टी फुटाइदिने षड्यन्त्र गरेको आरोप नेपालले लगाउँदै आएका थिए । ओली प्रधानमन्त्री बनेदखि माधव नेपालको चिन्ता बढेको छ । उनले अनेक शंका व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री ओलीले सत्ताको आडमा पार्टी फुटाइदिने चिन्ता नेपाललाई परेको छ । यसअघि पनि नेपालको पार्टीका ६ जना भन्दा बढी सांसदहरू अन्य दलका नेतासँग संवादमा रहेको चर्चा आएको थियो । अहिले पनि किसान श्रेष्ठ र प्रेमकुमार आलेहरू नेपालसँग सन्तुष्ट छैनन् । आलेले त काठमाडौंमा भएको १० औँ महाधिवेशन बहिष्कार गरेर नयाँ विकल्पको खोजी थालेका छन् । अन्य केही सांसद पनि विकल्पको खोजीमा जुटेको चर्चा छ।


सम्बन्धित समाचार