Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जसले नेकपाको एकिकृत संरचना भत्कायो त्यही शक्ति यतिखेर चीनलाई धम्क्याउन सक्रिय छ । प्रधानमन्त्री केपी ओलीलाई जसरी हुन्छ विभाजीत एमाले मिलाउन दबाब दिन यतिखेर भारतीय प्रतिनिधिहरु काठमाण्डौमा थुप्रिएका छन् । भारतको सत्तापक्ष विजेपीको संगठन आरएसएस र सरकारको गुप्तचर संस्था ‘रअ’ ले विभाजित नेकपा एमाले मिलाउन दबाब दिईरहेको छ । यो दबाब नेकपा विभाजन पछि देखिएको अन्र्तपार्टी कलहमा सत्ता पक्षको निरंकुश शैलीका विरुद्ध लागेका माधव नेपाललाई माओवादी अध्यक्ष पुष्पकमल दहालसँग छुट्याउने र काँग्रेसका सभापति शेरबहादुर देउवालाई संसद पूर्नस्थापनापछिको प्रधानमन्त्री हुन नदिने खेलसँग जोडिएको छ । प्रचण्डले ओलीसँगको लडाइमा माधव नेपालालाई साथ दिँदा विच्किएको भारतीय जासुस पक्षको रणनीति चीनलाई नेपालको आन्तरिक मामिलामा आफ्नो देशको हस्तक्षेप कसरी सफल हुन्छ भनेर देखाउनु छ ।
माधव नेपाललाई अहिले पद चाहिएको छ । ओलीले माधव पक्षका नेताहरुलाई सरकारबाट हटाउने प्रदेशको मुख्यमन्त्री नदिने मात्र होइन राज्यले गरेका राजनीतिक नियुक्तिमा समेत स्थान दिएनन् । अत्याचार ओलीको नाममा यति भयो कि यति खेर ओली समूह भित्रै एकले अर्कालाई उछिन्ने प्रतिस्पर्धा चर्केको छ । महासचिव इश्वर पोख्रेल र उपमहासचिव विष्णु पौडेल बिचमा चलेको शक्ति संघर्षले पनि अध्यक्ष ओलीलाई माधव नेपालसँग सम्झौता गर्न बाध्य बनाएको हो । आरएसएस र रअले यो भित्रि पाटो बुझेका छैनन् । मात्र उनीहरुको उदेश्य चीन निकट देखिएको माओवादी अध्यक्ष पुष्पकमल दहाललाई राजनीतिक रुपमा खुइलाउने र काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्तामा पुग्नबाट छेक्ने नै हो । दाहाललाई भारतीय जासुुसहरुको दौडधुप थाहा छ ।
यस्ता कुरामा उनी चलाख छन् तर कतिपय कुरा गोप्य राख्नु पर्नेमा खुला गरिदिँदा उनीलाई स्यालको संज्ञा दिएर प्रधानमन्त्री केपि ओलीले मजाक लिइरहेका छन् । ओलीलाई आफ्नो पदिय गरिमा बचाउनु छैन । उनले जे बोले पनि कानून सम्बत मान्ने चाकडीवाजहरु बालुवाटार र सिहंदरबारमा प्रसस्त छन् । पद त्याग्नु परेपछि ओलीले बोल्ने र गर्ने कृयाकलापले भविष्यको संकेत गर्दछ । प्रधानमन्त्री छाड्नु पर्यो भने कुर्सी भाँच्ने धम्की दिने केपी ओली पार्टी एकताको नाममा आफूले गरेका विगतका गल्ती स्वीकार्दै आत्मआलोचना गर्न सक्ने अवस्थामा छैनन् ।
किनकी उनले गल्ती स्वीकारेको र सच्चाएको रेकर्ड उनकै हनुमानहरुसँग छैन । जेसुकै भए पनि नेपालमा दक्षिणको राजनीतिक प्रभाव बलियोसँग जमेको छ भन्ने कुरा ओली सरकारले गरेका भारतको हित हुने नितिगत निर्णयहरु र राष्ट्रघाती कदमहरु नै हुन् । यस्तो बेलामा मुलुकको परिवर्तनलाई संस्थागत गर्न एक भएका ५ राजनीतिक शक्तिहरुबाट माधव नेपाल छुट्टिए भने पनि ४ शक्तिको कार्यक्रमिक एकता कस्तो हुने हो त्यो भने प्रतिक्षा गर्नै पर्छ । केहिले यदि माधव नेपाल सत्तामा आए भने नेकपाको विभाजित स्थितिलाई एकिकरण गर्न वरिष्ठ नेता बामदेव गौतमलाई समेत सहज हुने आङकलन गर्न थालेको छ ।
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल