Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपालको घोषणा, हामीले चाहे सरकार ढल्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति कार्यान्वयन नगरेको बताएका छन् । सोमबार पार्टी कार्यालय आलोकनगरमा सचिवालय सदस्यहरुसँगको छलफलमा उनले यस्तो जानकारी गराएका हुन् । अध्यक्ष नेपालले आफूहरु हेपिएर र पेलिएर बस्न नहुने नेताहरुलाई बताए । केन्द्र र प्रदेश सरकार सञ्चालनमा ओली–प्रचण्डले एकलौटी ढंगले अघि बढ्न खोजेको अध्यक्ष नेपालले बताए । उनले आफूहरुले चाहेको खण्डमा वर्तमान सरकार ढल्नेसमेत दाबी गरे । एकीकृत समाजवादीलाई बागमती वा सुदूरपश्चिमको मुख्यमन्त्री दिने सहमति भएपनि ओली–प्रचण्ड सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर नबनेको अधयक्ष नेपालको भनाइ छ । साथै, केन्द्र सरकारमा अझै एक मन्त्री एकीकृत समाजवादीको भागमा दिने सहमति भएको भएपनि यसमा पनि ओली–प्रचण्डले चासो नदेखाएको अध्यक्ष नेपालको गुनासो छ ।