Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपालको बरियता खोसियो

काठमाडौं । आफ्नो गुटभन्दा बाहिरका नेता तथा कार्यकर्तालाई भित्तामा पु¥याउने अभियानमा रहेका नेकपा अध््रयक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको तेस्रो वरियता खोसिदिएका छन् ।
आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो । नेपाल अब चौथो नम्बरमा पुगेका छन् ।
तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो । नेता खनालले त्यसमा असहमति जनाउँदै आफू तेस्रो वरियतामा हुनुपर्ने माग गरेपछि नेपालको वरियता घटाइएको हो ।
झण्डै डेढ वर्षसम्म खनालको असन्तुष्टि सुनुवाई भएको थिएन । तर, नेकपाको आन्तरिक समिकरणमा आएको उथलपुथलसँगै खनालको माग सम्बोधन भएको छ ।
यसैबीच, नेटता नेपालले वरियता खोस्ने प्रस्तावको कुनै प्रतिवाद गरेनन् । बरु यो आफूले नभई पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको त्रुटी भएको बताए । झलनाथ खनालसँग बदला लिन आफूलाई तेस्रो वरियता दिएको र अहिले आफूसँग बदला लिन खनाललाई अघि सारेको उनको आरोप थियो । नेता नेपालले तत्कालीन एमालेमा उपाध्यक्षभन्दा तल रहेका नेताहरु अहिले नेकपाको सचिवालयमा रहेको भन्दै त्यो त्रुटी सच्याउन पनि प्रस्ताव राखेका छन् ।