Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपालहरू बसेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं प्रशासनको स्पष्टीकरण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ।
निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
सोमबार बेलुकीदेखि चन्द्रागिरि रिसोर्टमा नेकपा ९एकीकृत समाजवादी० पार्टीको केन्द्रीय कमिटी बैठक बसेको छ। बुधबारसम्म उक्त बैठक बस्नेछ।
अध्यक्ष माधवकुमार नेपालसहित सांसद र केन्द्रीय सदस्य गरेर करिब १०० जना नेताहरू चन्दागिरि हिल्स रिसोर्टमा बसेका छन्।
रिसोर्टमा भिडभाड भयो भन्ने गुनासो आएको छ, के भएको हो भनेर सोधिएको हो, प्रजिअ पराजुलीले सेतोपाटीसँग भने।
उनले रिसोर्ट प्रशासनलाई फोन गरेर निषेधाज्ञाका बेला भिडभाड भएकोबारे सोधेका थिए।
काठमाडौं प्रशासनले कोरोना संक्रमण जारी नै रहेको भन्दै निषेधाज्ञा लागु गरिरहेको छ। काठमाडौं प्रशासनकै एक अधिकारीले भने खोप लगाएको कार्डको आधारमा केही मानिस भेला हुन दिन सकिन्छ भन्ने स्वास्थ्यकर्मीहरूबाट सल्लाह तथा सुझावहरू आइरहे पनि प्रशासनले यो नियम भने लागु गरिसकेको छैन