Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव पक्ष संगठन विस्तारमा ओलीको पेलाईले पार्टीमा विभाजन

काठमाडौं । पार्टीको विधि र प्रकृया भन्दा आफ्नै हैकममा रमाएका पार्टी अध्यक्ष केपि ओली विरुद्ध लागेका नेकपा एमालेको माधवकुमार नेपाल झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिएका हुन् । हाम्रो पक्षका नेताहरु जो काठमाडौँमा उपलव्ध छन् उहाँहरूसँग छलफल गर्न बैठक बोलाइएको हो ज्ञवालीले भने, धेरै सदस्यहरु त जिल्लामा हुनुहुन्छ, उपत्यकामा हुने जतिलाई खवर गरिएको छ ।ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए ।

पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ । पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा हो । यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् । ओलीले फागुन २३ पछि एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै माधव झलनाथ पक्षले समानान्तर गतिविधि गर्दै आएको छ । राष्ट्रिय कार्यकर्ता भेला, जनवर्गीय संगठनहरुको बैठक लगायतका गतिविधि गरको सो पक्षले अब चाँडै जिल्ला जिल्लामा पनि समानान्तर संगठन निर्माणको तयारी गरिरहेको छ ।

उता, बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले नै वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्न गरेको निर्णयअनुसार नेताहरुलाई सोमबार पत्र पठाएर स्पष्टीकरण सोधिएपछि ओलीका कमजोरीहरुको बुदाँगत टिप्पणी गर्न थालिएको छ । सो स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरु जुटेका पनि छन् । अहिले एमाले पक्षको विभाजीत अवस्थालाई एकिकृत बनाउने भन्दा पनि ओली पक्षले खेद्न थालेको छ । एकता पक्षधर बामदेव गौतम भने दुवै तिर सहभागी हुन्न भने पनि हुकुमी शासनका नायक केपि ओली कै कृपामा टिकेका छन् । उनकी श्रीमती पनि ओली पक्षमा खुलेर लागेकी छिन् ।