Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव र झलनाथलाई घुमाउनेकै फन्दामा ओली

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्दा देशमा अमेरिकी सेनाले परेड खेल्छ भन्ने हल्ला चल्यो । ५५ अर्बको त्यो सहायता स्वीकार्न हुन्न भन्नेहरूमाथि राजनीतिक प्रहार जसले गरे तिनले एमाले कित्ताका प्रधानमन्त्री केपी ओलीलाई घेराबन्दीमा पारेका छन् । काँग्रेसका सोझा नेता स्व. सुशील कोइरालालाई प्रयोग गरेर फाइदा लिनेहरू नै उनको जीवनको अन्त्यमा सघाएनन् । त्यो अवस्था एमालेका अध्यक्ष एवं प्रम केपी ओलीमा लागू नहोला भन्न सकिन्न । तर अहिले स्वार्थ पूरा गर्न महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, प्रदीप ज्ञवाली र डा. राजन भट्टराई यो मामिलामा अगाडि छन् । यीमध्ये लुम्बिनी प्रदेशमा द्वन्द्व सिर्जना गरेर एमालेकै सत्यनास गर्ने महासचिव शंकर पोखरेलबाट स्वार्थका काम धेरै भएका छन् । उनले लुम्बिनी प्रदेशको पार्टी र सरकारमाथि हस्तक्षेप गर्दा आफ्नै गृहजिल्लाको राजनीति ध्वस्त बनाएका छन् । कुनै बेला उनी माधव नेपालको निकट बनेर ओलीसँगको सम्बन्ध तोड्न सक्रिय भएको कुरा केन्द्रीय सदस्य एवं ओलीको कृपा पाएर संसद छिरेका दयाल बहादुर शाहीहरू बताउँछन् । स्वार्थका लागि माधव र झलनाथसँग नजिक भएर चम्किएको गिरोह अहिले अध्यक्ष ओलिको वरिपरि घुमेको छ । अध्यक्ष ओलीले आफ्नैबाट पाउनु पर्ने साथ पाएका छैनन् । किड्नीको उपचार गर्दा उनले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रासद कोइरालाको जति साथ पाए त्यो रुपमा माधव, झलनाथ र अहिले उनको वरपर रहेकाहरूको साथ भएन । बनिया चरित्रका स्वार्थीहरूबाट स्व. मदन भण्डारीको दर्शन र सिद्धान्त, मनमोहन अधिकारीको सरलता र व्यवहारिक पक्षलाई प्रयोग गरेर फाइदा लिन सहज छ । नेकपा एमालेलाई व्यापारको भट्टीमा थान्को लगाउने ईश्वर पोखरेलहरू आज सरकारलाई सघाउने संयन्त्रको नाइके बनेका छन् । आफ्नो पदको भाउ हेर्नेहरूबाट पार्टीेबाट टुक्रिएको एकीकृत समाजवादीलाई पुनः पार्टीमा फिर्ता गराउन राखेको प्रस्ताव एक रातमै उल्टिएपछि ईश्वरहरूसँगको सम्बन्ध स्वार्थ बाहेक केही होइन भन्ने देखियो । दयालबहादुरले प्रचण्डबाट काम चल्दैन, माधव नेपालको घरमै जाऔं उनलाई पार्टीमा फर्काउ भन्ने प्रस्ताव ईश्वरसमक्ष नराखेका होइनन्, तर पोखरेललाई पार्टी एकता हुनासाथ आफ्नो पद कहाँ पुग्ने हो भन्ने शंका भयो र त्यो प्रस्तावलाई लत्याए । चुनाव जित्नका लागि माओवादीका मित्र बने, जितेको भोलिपल्ट पार्टी एकता भएपछि पुष्पकमल दाहाललाई अध्यक्ष मान्दिन भन्दै विभाजनको रेखा कोर्ने उनै थिए । स्वार्थको यो खेतीमा चार भाई एकातिर लागे भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई अप्ठ्यारो नपर्ला भन्न सकिँदैन । त्यही कारण उनले पूर्व राष्ट्रपति विद्या भण्डारीको टिमबाट विष्णु पौडेल, पृथ्वी सुब्बा र विद्या भट्टराईलाई मन्त्रिपरिषद्मा सामेल गराउन बाध्य हुनुप¥यो । स्वार्थीहरूको दाउ भनेको पार्टीमा पद र सरकारमा झण्डा हल्लाउन पाइन्छ भन्ने हो । एमालेमा विद्याको टिमलाई भाग दिन केपी ओली बाध्य हुनुको कारण तिनै बनिया प्रवृत्ति कारण हुन् । साना दलहरूलाई विभाजन गरेर जसरी केपी ओलीले आफू ठूलो दलको नायक बन्ने दाउ रच्दैछन् त्यसले उनको अवस्था कमजोर बनाउँछ । नेकपा विभाजनको दम्बमा वामदेव र भीम रावललाई खेदेर जसलाई ओलीले मित्र बनाए उनीहरू नै शत्रु बन्ने त होइनन् भन्ने शंका उब्जिएको छ । शंकरबाट सपार्ने भन्दा बिगार्ने काम धेरै हुन्छन् । राप्ति अञ्चल र सुदूरपश्चिममा महासचिवको नाताले उनले देखाएको पक्षपातपूर्ण व्यवहारबाट एमाले कार्यकर्ताहरू आक्रोशित बनेका छन् । लुम्बिनी वामपन्थीहरूको पृष्ठभूमि राम्रो भएको स्थान भए पनि मोहन वैद्य, कृष्णबहादुर महराहरू क्रमशः राजनीतिक रुपमा कमजोर बन्दै जाँदा रेखा शर्माबाट पराजित शंकर पोखरेलहरूको स्थान कस्तो होला ? जबकि उनले बुटवलबाट राजधानी दाङको देउखुरीको जंगलमा पु¥याउँदा पार्टीका नेताहरू विष्णु पौडेल, छविलाल विक, घनश्याम भुसाल जस्तासँग पौठे जोरी खेलेको फल दाङमा एमालेको उन्मुलन
हो भन्ने बुझ्न सकेनन् ।


सम्बन्धित समाचार