Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव र वामदेव प्रचण्डको शरणमा !

काठमाडौँ । मसिर १४ गतेको उपचुनावको परिणाम सरकारको पक्षमा आउन कठिन छ । उम्मेदवार त नेकपाले राम्रै उठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका उडन्ते विकासप्रति जनता निराश हुँदा सरकार पक्षकै कोटामा परेका कास्की २, बागलुङ २ (ख) भक्तपुर एक ख र दाङ २ ख को चुनावी परिणाम सरकारको गतिहिनताविरुद्ध केन्द्रीत हुने हो कि भन्ने शंका उब्जेको हो । कात्तिक २१ गते उम्मेदवारी दिइँदैछ । टिकट वितरणमै गुटबन्दीले ग्रस्त हुने शंका छँदैछ । प्रधानमन्त्री केपी ओलीले जनतालाई दिएको झूठो आश्वासन र नीतिगत भ्रष्टाचारमा देश डुबाएका कारण नेकपात्रि असन्तुष्टि बढेको छ । भ्रष्ट मन्त्री बोकेर पानी जहाज चलाउने, रेल कुदाउने अहंकार प्रधानमन्त्रीले देखाएका कारण जनताले नेकपालाई रुचाए पनि नेतृत्वलाई रुचाएका छैनन् ।
कास्की २ मा स्व. रविन्द्र अधिकारीले प्राप्त गरेको मत बचेको छैन । तत्कालिन एमालेले माओवादीप्रति गर्ने व्यवहारले पनि चुनावी परिणामप्रति संकेत गर्छ । सरकारले जनमुखी काम गरेकै छैन । मन्त्रीहरू गुटको भरमा काम गर्छन् । भ्रष्टाचारमा सबैको जोड छ । स्थानीय तहबाट जनताको सेवा भएको छैन । जबर्जस्त राजश्व उठाउने समाजसेवाको भन्दा जागिरे जीवन देखाउन जनताको प्रतिनिधि सक्रिय छन् । सबैलाई थाहा छ वामदेव र माधवका खुट्टा पोलियोले ग्रस्त रोगीका जस्ता छन् । सरकार इमान्दार नेता जनमुखी भएको भए जनताको मत नेकपामा केन्द्रीत हुन्थ्यो । प्रधानमन्त्री ओली र उनको टीम पार्टीमा समेत आलोचित सरकारी तहमा भ्रष्टको रूपमा परिचित छ । देशले आर्थिक वृद्धिदर बढाएको व्यापार घाटा घटाएको भए पनि जनताले चाहेको समृद्धि र विकासको सपनामै परिणत भएको छ । सरकार गठन भएको एक वर्ष आठ महिना बित्दैछ । कम्युनिष्ट पार्टीले सपना बाँड्यो शक्ति आर्जन गर्न तर्फ ख्याल गरेन । आलोचित मन्त्रीहरू पदबाट हटाइएको छैन । प्रधानमन्त्री ओलीले सपना देख्छन् काम गर्दैनन भन्ने प्रमाण जुटाएका छन् । उप चुनावको परिणाम कस्तो आउँछ भन्ने कुरा सरकारप्रतिको जनआक्रोशले दर्शाउँछ । तर सचिवालयले संघीय संसद र प्रदेशका उम्मेदवार चयन गरेको छ । दुई तिहाईको दम्बले सरकारलाई वर्ष दिनसम्म अहंकार देखाउने बाटो बनायो । पार्टीले एकता प्रक्रियालाई पनि पूर्णता दिएन । अहिले सातै प्रदेशका प्रमुखहरू हटाएको छ । अध्यक्ष केपी ओलीले जनताबीच गएर यस्तो गर्छु उस्तो गर्छु भन्ने ठाउँ नै छैन । आफैं अस्वस्थ प्रधानमन्त्रीले पार्टीभित्र गरेमा सहमति तोडेका छन् । उनलाई उचाल्ने डिकुरे मुसाहरू धेरै छन्, जसलाई ओली बीना पाइलो चाल्ने शक्ति प्राप्त हुँदैन । भिन्न विचारको शक्तिसँग पार्टी एकता गर्ने तर नीति र कार्यक्रम तत्कालिन नेकपा एमालेकै लाद्ने आकांक्षा राख्ने ईश्वर पोखरेलहरूकै कारण एकीकृत नेकपामा मन नमिलेको हो । यही बेला अध्यक्ष प्रचण्डलाई माधव नेपाल र वामदेव सिंगारेका छन् । आफैं अस्वस्थ केपी ओलीले कार्यकारी अधिकार कसैलाई नछाड्ने पार्टीका वरिष्ठ नेताहरूको अपमान गरेकै छन् । अध्यक्ष पुष्पकमल दाहालको मानमर्दन गरेका घटना त धेरै छन् । केपी सरकार भ्रष्टै भ्रष्टको पेण्डुरा बनेकोले चुनावी परिणाम सत्तापक्षको साथमा आउँछ भन्न सकिँदैन ।