Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव र वामदेव प्रचण्डको शरणमा !

काठमाडौँ । मसिर १४ गतेको उपचुनावको परिणाम सरकारको पक्षमा आउन कठिन छ । उम्मेदवार त नेकपाले राम्रै उठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका उडन्ते विकासप्रति जनता निराश हुँदा सरकार पक्षकै कोटामा परेका कास्की २, बागलुङ २ (ख) भक्तपुर एक ख र दाङ २ ख को चुनावी परिणाम सरकारको गतिहिनताविरुद्ध केन्द्रीत हुने हो कि भन्ने शंका उब्जेको हो । कात्तिक २१ गते उम्मेदवारी दिइँदैछ । टिकट वितरणमै गुटबन्दीले ग्रस्त हुने शंका छँदैछ । प्रधानमन्त्री केपी ओलीले जनतालाई दिएको झूठो आश्वासन र नीतिगत भ्रष्टाचारमा देश डुबाएका कारण नेकपात्रि असन्तुष्टि बढेको छ । भ्रष्ट मन्त्री बोकेर पानी जहाज चलाउने, रेल कुदाउने अहंकार प्रधानमन्त्रीले देखाएका कारण जनताले नेकपालाई रुचाए पनि नेतृत्वलाई रुचाएका छैनन् ।
कास्की २ मा स्व. रविन्द्र अधिकारीले प्राप्त गरेको मत बचेको छैन । तत्कालिन एमालेले माओवादीप्रति गर्ने व्यवहारले पनि चुनावी परिणामप्रति संकेत गर्छ । सरकारले जनमुखी काम गरेकै छैन । मन्त्रीहरू गुटको भरमा काम गर्छन् । भ्रष्टाचारमा सबैको जोड छ । स्थानीय तहबाट जनताको सेवा भएको छैन । जबर्जस्त राजश्व उठाउने समाजसेवाको भन्दा जागिरे जीवन देखाउन जनताको प्रतिनिधि सक्रिय छन् । सबैलाई थाहा छ वामदेव र माधवका खुट्टा पोलियोले ग्रस्त रोगीका जस्ता छन् । सरकार इमान्दार नेता जनमुखी भएको भए जनताको मत नेकपामा केन्द्रीत हुन्थ्यो । प्रधानमन्त्री ओली र उनको टीम पार्टीमा समेत आलोचित सरकारी तहमा भ्रष्टको रूपमा परिचित छ । देशले आर्थिक वृद्धिदर बढाएको व्यापार घाटा घटाएको भए पनि जनताले चाहेको समृद्धि र विकासको सपनामै परिणत भएको छ । सरकार गठन भएको एक वर्ष आठ महिना बित्दैछ । कम्युनिष्ट पार्टीले सपना बाँड्यो शक्ति आर्जन गर्न तर्फ ख्याल गरेन । आलोचित मन्त्रीहरू पदबाट हटाइएको छैन । प्रधानमन्त्री ओलीले सपना देख्छन् काम गर्दैनन भन्ने प्रमाण जुटाएका छन् । उप चुनावको परिणाम कस्तो आउँछ भन्ने कुरा सरकारप्रतिको जनआक्रोशले दर्शाउँछ । तर सचिवालयले संघीय संसद र प्रदेशका उम्मेदवार चयन गरेको छ । दुई तिहाईको दम्बले सरकारलाई वर्ष दिनसम्म अहंकार देखाउने बाटो बनायो । पार्टीले एकता प्रक्रियालाई पनि पूर्णता दिएन । अहिले सातै प्रदेशका प्रमुखहरू हटाएको छ । अध्यक्ष केपी ओलीले जनताबीच गएर यस्तो गर्छु उस्तो गर्छु भन्ने ठाउँ नै छैन । आफैं अस्वस्थ प्रधानमन्त्रीले पार्टीभित्र गरेमा सहमति तोडेका छन् । उनलाई उचाल्ने डिकुरे मुसाहरू धेरै छन्, जसलाई ओली बीना पाइलो चाल्ने शक्ति प्राप्त हुँदैन । भिन्न विचारको शक्तिसँग पार्टी एकता गर्ने तर नीति र कार्यक्रम तत्कालिन नेकपा एमालेकै लाद्ने आकांक्षा राख्ने ईश्वर पोखरेलहरूकै कारण एकीकृत नेकपामा मन नमिलेको हो । यही बेला अध्यक्ष प्रचण्डलाई माधव नेपाल र वामदेव सिंगारेका छन् । आफैं अस्वस्थ केपी ओलीले कार्यकारी अधिकार कसैलाई नछाड्ने पार्टीका वरिष्ठ नेताहरूको अपमान गरेकै छन् । अध्यक्ष पुष्पकमल दाहालको मानमर्दन गरेका घटना त धेरै छन् । केपी सरकार भ्रष्टै भ्रष्टको पेण्डुरा बनेकोले चुनावी परिणाम सत्तापक्षको साथमा आउँछ भन्न सकिँदैन ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल