Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव समूहले ओलीसँग पनि जवाफ माग्ने

काठमाडौं । पार्टी विरोधी गतिविधि गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षसँग एकपछि अर्को कारबाही गरिरहेका बेला नेकपा एमालेको असन्तुष्ट समूहले पार्टीद्वारा चार नेताहरुलाई सोधिएको स्पष्टिकरणको जवाफ दिने निर्णय गरेको छ । ललितपुरमा आज सम्पन्न सो समुहका स्थाइ समिति सदस्यको बैठकमा यस्तो आन्तरिक समझदारी भएको हो । यसअघि नेपाल पक्षका नेताहरुले स्पष्टिकरण सोध्ने निर्णय नै अवैध रहेको भन्दै जवाफ नदिइने बताएका थिए । तर, आजको अनौपचारिक वैठकले पनि फरक सहमति गरेको छ । बैठकमा सहभागी स्थायी समिति सदस्य युवराज ज्ञवालीले स्पष्टीकरणको जवाफ दिइने बताए । उनले भने, हामीले यस्तो गतिविधि किन गर्यौं भन्ने कुराको जवाफ दिन्छौं । र, केपी ओलीले देशलाई दिनुपर्ने जवाफ पनि हामी सोध्छौं ।