Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माननीय वलीले उवद्रो मच्चाउनुकाे कारण के हाे ?

काठमाडौं। लुम्बिनी प्रदेशमा गठबन्धन सरकारको निर्णायक मानिएकी स्वास्थ्य राज्यमन्त्री विमला वली पटक पटक चर्चा र विवादमा आइरहन्छिन्। प्रदेशको संसदीय जोड घटाउमा निर्णायक रहेकी वली तत्कालीन नेकपा हुँदा दाङबाट निर्वाचित भएकी उनी लुम्बिनीमा गठबन्धनको सरकार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनको श्रीमान उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा दाङ क्षेत्र नं। ३ ख बाट निर्वाचित भएकी हुन्। उनका श्रीमान उत्तरकुमार वली नेकपा ९एमाले० दाङका सम्भावना बोकेका नेता थिए। उनी एमाले हालका महासचिव शंकर पोखरेलका विश्वासपात्र मानिन्थे। यही कारणले नै उनलाई नेकपा कालमै एमाले पक्षकै जोडबलमा प्रदेश सांसदको टिकट प्राप्त गरेर निर्वाचित भएकी थिइन्।
नेकपा बिभाजन भएर एमाले माओवादी पूर्ववत अबस्थामा फर्किएसँगै लुम्बिनीको सत्ता राजनीतिको जोड घटाउमा वली निर्णायक बन्न पुगिन्। कहिले एमाले मै रहेको बताउने त कहिले माओवादीमा रहेको बताउँदै अन्ततः एमालेका मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्न र माओवादीसहित गठबन्धनको सरकार बनाउन उनको मूल भूमिका रह्यो। नेकपा कालमा निर्वाचित प्रतिनिधिहरुले बिभाजित पार्टी रोज्न पाएसँगै त्यसबेला उनको अस्थिरता यतिसम्म बढयो की उनी कहिले एमालेमै रहेको बताउने गर्थिन् भने कहिले माओवादीमा रहेको बताउँथिन्।
अन्तिममा नाटकीय ढंगले माओवादीमा आएसँगै उनको सत्ता परिवर्तनको निर्णायक मतको कदर स्वरुप राज्यमन्त्री बन्न सफल भएकी थिइन्। माओवादीमा आउनुलाई कतिपयले उनको बार्गेनिङ अनुरुप मन्त्री पद र अन्य आर्थिक लेनदेन समेत भएको चर्चा भएको थियो। उनले यही सत्ता राजनीतिको जोड घटाउमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले अपहरण गरेको आरोप समेत लगाएकी थिइन्। राजनीतिकरुपमा सचेत र परिपक्वता नभएकी वली आफ्नो श्रीमानको निधन भएसँगै उनको पार्टीले सहानुभूती स्वरुप प्रदेशको उम्मेदवार बनाएर निर्वाचित गराएको थियो।
यिनै लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले मंगलबार दिउँसो दाङ तुलसीपुर उपमहानगरपालिका(५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमतीमाथि गरेको अभद्र ब्यबहारका कारण विवादमा तानिएकी छन्। उनलाई बस्नेतकी श्रीमती मीना बस्नेतले घरमा आइ आफूमाथि हातपात गरेको भन्दै प्रहरी गुहारेकी थिइन्। सो क्रममा तुलसीपुरबाट गएको प्रहरीले वलीलाई नियन्त्रणमा लिएको थियो। बस्नेतकी श्रीमतीले आफूलाई हातपात गरेको र घरमा आएर आफ्नो श्रीमानलाई मेरो श्रीमान हो खोइ भनेको, बच्चालाई कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।
एकराज बस्नेतसँग उनको निकटता चुनावी प्रचारको क्रममा भएको दाङका स्थानीय माओवादी कार्यकर्ताहरु बताउँछन्। बस्नेत माओवादी निकट वाइसीएलका जिल्ला स्तरका नेता हुन्। नेकपा कालमा हालका दुबै पार्टीका कार्यकर्ताको सामुहिक प्रयत्नबबाट विजयी भएकी वलीको माओवादी नेताहरुसँग बढी निकट हुन पुगेको दाङकै एक माओवादी नेता बताउँछन्। त्यही क्रममा उनको सामिप्यता बस्नेतसँग बढेको हो। पछिल्लो समय बस्नेत र वलीबीच आर्थिक लनेदेन समेत भएको थियो। दुबैको मिलिमतोमा आर्थिक कारोबार भएको र त्यही लेनदेनको बिषयमा मतभेद हुँदा वर्तमान स्थिति निम्तिएको दाङकै यी दुबैलाई नजिकबाट नियालेका एक स्थानीय बताउँछन्।

कसरी घट्यो घटना ?
विवाहित बस्नेत र विमलाको अनैतिक समबन्ध रहेको खुलासा भने तस्बिर सार्वजनिक भएसँगै भइसकेको थियो। उनीहरुबीचको सम्बन्ध प्रेमी प्रेमीकाको तहसम्म पुगिसकेको बजारमा चर्चा भने हुने गर्दथ्यो। यद्यपि त्यसको पुष्टि भने हुन सकेको छैन। राज्यमन्त्री वलकिो बस्नेतसँग चुनावी प्रचारको क्रममा भएको सामान्य सम्बनध बिस्तारै बढदै जादा उनीहरु अत्यन्त निकट भइसेका थिए। उनीहरुको सम्बन्धको बारेमा विमलाको घरपरिवारले जानकारी पाएसँगै विमलाको जेठाजुले अदालतमा उनका छोराछोरीले सम्पतीको पाउनुपर्ने अंश दाबीको मुद्दा समेत हालेका थिए।
उनीहरुको सम्बन्धको बारेमा सबै जानकार नै थिए। तर मन्त्रीको सामाजिक मर्यादालाई ख्याल गरि कसैले उजागर गरेको भने थिएन। उनीहरु दुबैको आपत्तिजनक तस्बिर सार्वजनिक भएसँगै यो बिषय उजागर भने भइसकेको थियो। गत साउनमा लुम्बिनी प्रदेशको सरकार परिवर्तन भएर माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनेलगत्तै राज्यमन्त्री बनेकी विमलाको केही दिनम बस्नेतसँगको आपत्तिजनक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त तस्बिर बस्नेतकै फेसबुकमै पोष्ट गरिएको केही समयमै हटाइएको थियो। उनीहरुले त्यतिबेला फोटोसपबाट इडिट गरि चरित्रहत्या गर्न गरिएको षड्यन्त्र भन्दै आफ्नो बचाउ गरेका थिए। उक्त तस्बिर फोटोसपबाट सम्पादन गरि आफूहरु विरुद्ध आक्रमण गरिएको दुबैले दाबी गरेका थिए।
माओवादीका कार्यकर्ता रहेका बस्नेत वलीसँगको बढ्दो निकटताबाट आर्थिक र राजनीतिक फाइदा लिन चाहान्थे। एकातिर विमलासँगको विवाहोत्तर सम्बनधबाट लाभ लिने मनसाय त अर्को तिर उनीबाट छुटकारा भई पारिवारिक समस्या ननिम्तीओस भन्ने बस्नेतको चाहना थियो। बस्नेत निकट स्रोतक अनुसार उनी पछिल्लो समय विमलाको मन्त्री पदको समयाबधी छोटिँदै जानु र आफ्नो वैवाहिक सम्बन्धमा समस्या नआओस भन्नेमा उनी सचेत थिए। उनी यस समस्याबाट छुटकारा पाउन उपयुक्त अवसरको खोजीमा रहेको त्यही अवसरको सोमबार उपयोग गरिएको स्रोत दाबी गर्छ।
बस्नेत निकट सा्रेतले दिएको जानकारी अनुसार बस्नेत वलीबाट टाढिने र आर्थिक लेनदेनबाट पन्छिन योजनावद्धरुपमा घरमा बोलाएको र वली आर्थिक कारोबारको बिषयलाई लिएर जाँदा नाटकीयरुपले परिवारजनले हातपात गरेको आरोप लगाएको हो। विवाहेत्तर समबन्धमा रहेका भनिएका दुबै जना एक अर्कामा सम्पर्कमा रहेका बेला वली अकस्मात बस्नेतको घरमा जानुलाई आश्चर्य रुपमा हेरिएको छ।
यी सबै बस्नेतको चालबाजी भएको र सार्वजनिक पदधारण गरेको ब्यक्तिले पदीय मर्यादालाई ख्याल गरि आफूसँगको सम्बन्धबाट अलग्याउनको यो लागि यो डिजाइन गरेको सा्रेतको दाबी छ।
के भन्छ लुम्बिनी प्रदेश सरकार ?
लुम्बिनी प्रदेश सरकारकी मन्त्री वलीलाई प्रहरीले परपुरुषको घरमा गइ श्रीमतीलाई हातपात गरेको आरोपमा पक्राउ गरिएको घटनालाई लुम्बिनी प्रदेश सरकारले अनुसन्धानको दायरामा रहेको हुँदा अहिल्यै यसै भन्न नसकिने बताएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका उपनेता तथा आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्का अनुसन्धानकै क्रममा रहेकाले अहिले नै प्रदेश सरकारले यस बिषयमा कुनै निर्णय नगर्ने बताए । ‘एकपक्षले लगाएको आरोप हो वास्तबिकता सार्वजनिक नभएसम्म प्रदेश सरकारले कुनै ठोस निर्णय गरिहाल्दैन। अनुसन्धानको क्रममा छ, अनुसन्धानले जे निचोड निकाल्छ त्यसको आधारमा प्रदेशले आफ्नो धारणा तय गर्छ,’ उनले भने। आगामी अनुसन्धानको निष्कर्सको आधारमा प्रदेश सरकारले र पार्टीले निर्णय गर्ने उनले बताए।
शरद रिजाल