Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

मोरङ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका(१५ रानीस्थित हिमालय गेष्टहाउसमा काम गर्ने भारत बिहार घर भएका ४५ वर्षीय मो. रियाजलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । रियाजले उक्त होटलका संचालकसँगको मिलेमतोमा भारत फार्विसगन्ज घर भएकी महिलालाई उक्त गेष्ट हाउसमा काम लगाई दिने भन्दै करकाप तथा प्रभावमा पारी वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
रियाजलाई मानव वेचविखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।