Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध नेपाल प्रहरीले देशभर आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवसको अवसरमा भदौ १४ देखि २० गतेसम्म उक्त कार्यक्रम गरिएको हो । ‘सरकारको प्रतिवद्धता स् मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित विविध क्रियाकलापका साथ कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त सप्ताहमा देशभर कुल १ हजार १ सय ५ वटा कार्यक्रम सञ्चालन भएका छन् । ती कार्यक्रममा जम्मा १ लाख ५ हजार ७ सय ३५ जनाको उपस्थिति रहेको थियो । जसमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत १ सय २४ वटा, १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १ सय २७ ‍वटा, २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८६ ‍वटा, ३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १ सय ३६ ‍वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत २ सय ९५ ‍वटा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ६४ ‍वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत १ सय ८८ ‍वटा र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८५ ‍वटा कार्यक्रम गरिएको छ ।

ती कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत २६ हजार १ सय ५८ जना, १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १७ हजार ६ सय ८४ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ११ हजार १ सय ४ जना, ३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८ हजार २ सय ७८ जना, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १८ हजार १३ जना, ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ६ हजार ९ सय ९१ जना, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत १० हजार १ सय १० जना र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ हजार ३ सय ९७ जनाको उपस्थिति रहेको थियो ।

सबै कार्यक्रममा साँस्कृतिक कार्यक्रम, श्रव्यदृश्य प्रसारण, अन्तर्क्रिया कार्यक्रम, पर्चा पम्प्लेट वितरण, घरदैलो तथा र्‍याली, प्रशिक्षण, खेलकुद, मिडिया समन्वय, जनचेतनामूलक एवं रचनात्मक कार्यक्रम लगायत विविध गतिविधि सञ्चालन गरिएको थियो ।