Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मानव बेचविखनविरुद्ध एकजुट होऔँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गरेका छन् ।

आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का अवसरमा उनले दिएको सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना र सक्रियता आवश्यक रहेको उल्लेख गरे ।

मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखनको नियन्त्रण तथा त्यस अपराधका पीडित प्रभावितको उद्धार, पुनःस्थापना स्वदेश फिर्ती, सामाजिक पुनर्मिलन र न्यायमाथि उनीहरूको पहुँच सुनिश्चित गर्न कानुनी प्रबन्ध मात्रले पुग्दैन, अध्यक्ष ओलीद्वारा जारी सन्देशमा भनिएको छ, त्यसका लागि सचेत सामाजिक अभियान र दबाबको आवश्यकता पर्दछ । मानव बेचबिखनका घटनाको नियन्त्रणका लागि आवश्यक कानुनको संशोधन, परिमार्जन गर्न र मानव बेचबिखन नियन्त्रणका लागि भरपर्दो संरचनागत आधार निर्माण गर्न सरकार अग्रसर रहनु पर्दछ ।

अन्तरदेशीय सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन नसकेको उल्लेख गर्दै उनले नेपालमा पनि अमानवीय समस्याबाट प्रभावित भएको र अपराधजन्य यस कार्यका संलग्न पक्षले समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाइरहेको अध्यक्ष ओलीको भनाइ छ ।

मानव बेचबिखन कार्यका संलग्नलाई कानुनको दायरामा ल्याएर दण्डित गर्ने र पीडितरप्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनःस्थापना, पुनःमिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्र्ने काम प्रभावकारी हुन नसकेको उनले बताए ।

विगतमा खुला सिमानाका कारण छिमेकी देश भारतमा यौन शोषणका लागि मानव बेचबिखन हुने गरेकामा केही वर्षयता नेपालको आन्तरिक बजार मनोरञ्जन क्षेत्र र वैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनका क्रममा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना हुने गरेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ ।