Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मान्यज्यूलाई बाहिरै राखेर अनुसन्धान गर्न निर्देशन

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासतमा राख्न अस्वीकार गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो। शर्मालाई सीआईबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। शर्मा प्रतिनिधि सभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ। सीआईबीले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न रहेकाहरुविरुद्ध ‘अपरेसन फक्सट्रट’ सञ्चालन गरिएको जनाएको छ। उक्त अपरेशनका क्रममा कांग्रेस सांसद शर्मासहित शुक्रबार दिउँसोसम्म ८ जना पक्राउ परेका थिए। सीआईबीले पक्राउ परेकाहरुविरुद्ध ‘लिखत कीर्ते’को कसुरमा अनुसन्धान अगाडि बढाएको छ।