Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन मापसे गरेर कारबाहीमा परेका सवारी चालकलाई स्वयंसेवकको रूपमा सडकमा खटाइएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा फेसबुक स्टाटस लेख्दै महिनावारी भएका ट्रफिक प्रहरीलाई चारदिन सडकमा नखटाइने र त्यसको साटो मापसे गरेका सवारी चालकलाई खटाइने बताएका थिए ।
त्यसको एकदिन पछि नै उनको स्टाट्सलाई ट्राफिक प्रहरीले कार्यान्यनमा ल्याएको हो ।
बुधबार मापसे गरेर कारबाहीमा परेका ६ सय ४ जनालाई मापसे कक्षा पछि सडकमा स्वयंसेवकको रूपमा खटाइएको उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । उनीहरुलाई उपत्यकाको विभिन्न नौ ठाउँमा खटाइएको उनको भनाइ छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल