Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मार्कोसलाई जोगाउन देवरहरू उग्र्र

काठमाडौं । माओवादीसँग गठबन्धन गर्दा गृह मन्त्रालय माओवादीको नाममा परे पनि जताततै आफ्नै हैकममा प्रहरी र निजामती प्रशासन चलाएको नेपाली काँग्रेस संसदमा छट्पटाएको छ । नेपाली काँग्रेसकी मार्कोस डा. आरजु राणालाई जोगाउन देवर बाबु द्वय गगन थापा र विश्वप्रकाश शर्माहरू पार्टीका सुविचारित नेता पूर्व महामन्त्री कृष्ण सिटौलालाई राष्ट्रियसभा अध्यक्ष हुन नदिन माओवादीका विरुद्ध निकै लागेका हुन् । माओवादीले गणतन्त्रका लागि बन्दूक उठाउँदा २३४ वर्षे राजतन्त्रको सेवक भएका काँग्रेस र एमालेलाई त्यो ठाउँमा ल्याउन संकटकाल लगाउने र सेना परिचालन गराएर हजारौं चेलीबेटीको हुर्मत लिने काम ज्ञानेन्द्र शाहको सेनाले ग¥यो । त्यो बेला शाहीकालको चरम उत्कर्ष थियो ।
अहिले काँग्रेसले संसदमा जात्रा देखाउँदैछ, विवादित चरित्र स्वापाका अध्यक्ष रवि लामिछानेको विरुद्ध सूर्यदर्शन सहकारीको ठगीमा छानविन गर्नु पर्ने माग राखेको छ । काँग्रेसका बाख्रोकाजी गगन थापाको डुक्राईमा एसियाली विकास बैङ्कको अनुदान झ्वाम पारेको सम्झना कति छ काँग्रेसलाई प्रश्न गर्ने कोही भएन, संसद विकास कोषको रकम ५ करोड लगेर कार्यकर्ता पोस्न पल्केको काँग्रेस आज भ्रष्टाचारको सत्यतथ्य छानविन हुने हो भने जोगिँदैन । काँग्रेसकी भाउजुको चरित्रले पार्टी बदनाम छ । प्रचण्ड नेतृत्वको त्यो सरकार जनताको थिएन । भाउजुको मार्कोसलाई रकम चढाएर मन्त्री हुने काँग्रेसका धेरै थिए । यस पटक काँग्रेसलाई भएको पीडा सत्ता भन्दा केही थिएन । सबै सत्ता ठान्ने प्रहरीलाई भगिनी संगठन बनाउने काँग्रेसले यस पटक नारायणकाजी श्रेष्ठको समयमा जस्तो प्रहरी चलाउन पाउँदैन । किनकि हिजो माओवादीको गृहमन्त्रीले प्रहरी आईजीपीलाई कुनै दबाव दिएनन् । त्यो बेला आईजीपी गृहमन्त्री श्रेष्ठको भन्दा काँग्रेसी मार्कोस डा. आरजु राणाको आदेश मान्थे । एसएसपीबाट डिआईजी हुँदा आफू अगाडिका सात जना एसएसपीलाई पछि पार्दै डा. आरजुलाई ब्रिफकेश बुझाएर पहिलो डिआईजी बन्नु नै बसन्त कुँवरको आईजीपी बन्ने बाटो खुलेको हो । काँग्रेस देशको लागि घातक शक्ति हो भन्ने कुरा यसले शासन गर्दा जनताले भ्रष्टाचार, कालो बजार, कमिशन र विचौलिया प्रथाको जगेर्ना गरेको हो । वापमन्थीले त्यो सिकेका छन् । त्यस्तो काँग्रेसले देशको भन्दा डा. आरजु राणा मार्कोसलाई जोगाउन संसद अवरुद्ध गरेको हो । देवर बाबुहरूले भाउजुको भलाईका लागि संसद अवरुद्ध गरेको कुरा लुकाउन जरुरी छैन । किनकि भुटानी शरणार्थी काण्डमा डा. आरजु राणा साह्रै ठूलो माछा हुन् ।

काँग्रेसमा समिक्षा
६३ संस्थापन र २५ संस्थापन इतर समूहका सांसदको टिम देखाएर को बलियो कस्का एजेन्डा ठिक भन्ने लडाइँ चल्दा महासमिति बैठकमा महामन्त्री गगन थापाको काँग्रेसले कसैसँग गठबन्धन नगर्ने एजेन्डा बहुमतले पारित हुँदा काँग्रेसामा सन्नाटा छायो । सरकारले भ्रष्टाचार र बेथिति विरुद्धको अभियान चलाउँदा काँग्रेस नै आत्तिएको छ । सभापति पत्नि तथा भ्रष्टाचारकी कुलदेवी डा. आरजु देउवा भारत भ्रमणमा गाइन् । देशका प्रत्येक भ्रष्टाचारमा कतै न कतै जोडिएकी डा. आरजुलाई नक्कली भुटानी शरणार्थी काण्डमा कारबाहीमा परिने डर छ । देउवा पक्षकै मोहन बस्नेत, ज्ञानेन्द्रबहादुर कार्की मात्र टेरामक्स काण्डमा जोडिएका होइनन् । यो काण्ड ३ अर्ब ८४ करोडको हो । ठूलो भ्रष्टाचारमा जोडिने पात्र भनेकै डा. आरजु हुन् । एकातिर संस्थापन पक्ष विरुद्ध डा. शेखर कोइराला समूह खटेको छ भने अर्कोतिर मन्त्री पद दिने भनेर तानेका सांसदहरूलाई गठबन्धन भत्केपछि संस्थापनमै जोगाउन सभापति देउवालाई कठिन छ । श्रीमती डा. आरजुको भ्रष्ट चरित्रले पनि संस्थापन पक्ष कमजोर भएको छ । यो सत्य बुझेर शेखर पक्ष ढुक्क छ ।
सांसद ६५ जनाको भरमा सभापति देउवाले दलको नेता भएका हुन् । केन्द्रीय समितिमा पनि उनी बहुमतमा छन् । बहुमत केन्द्रीय समितिबाट काँग्रेसले गर्ने निर्णय इतर पक्षका नेताका कति समर्थन र कति विरोध हुन्छ भन्ने कुरा महासमितिमा पनि देखियो । महासमितिका प्रतिवेदन केन्द्रीय समितिले संशोधन सहित पारित गर्ने भनियो । उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको प्रतिवेदनकै कारणले सत्ता गठबन्धन भत्किँदा खुशी हुने डा. शेखर पक्ष हो । यो समूहले पनि पार्टी भन्दा गुटकै पक्षपोषण गरेको छ । सरकारलाई ढाल्न संख्या पुग्दैन । राप्रपा र काँग्रेसले एकै एजेन्डा हिन्दूत्व बोक्न थालेका छन् । संविधान संशोधन नभएसम्म धर्म निरपेक्षता हट्दैन । काँग्रेस भाजपाबाट प्रभावित छ । केन्द्रीय सदस्य शंकर भण्डारीलाई सघाउने १०३७ महासमिति सदस्यको हस्ताक्षर काम लागेन । अहिले काँग्रेसले प्रचण्ड सरकार ढाल्ने योजना बनाउँदै गृहमन्त्री रवि लामिछाने विरुद्ध हुँडलो मच्चाएको छ । आफ्ना सांसदहरू मोहन बस्नेतको स्वास्थ्य उपकरण खरिद र अस्पतालमा डाक्टर भन्दा काँग्रेस खोज्दा आतंक मच्चिएको थियो । अहिले काँग्रेसभित्रको लडाइँमा सत्तँ गठबन्ध्न बेखवर छ । काँग्रेसले ८८ सांसदको भरमा राप्रपा १४, लोसपा ४ सहित १०६ सांसदलाई आफ्नो पक्षमा प्रयोग गर्छ । तर १३८ जना सांसदको उपस्थिति बिना बहुमत पुग्दैन । सरकारमा भएका बेला भ्रष्टाचार गर्नेमाथि हुने कारबाहीबाट पनि काँग्रेस आतंकित छ । अख्तियारले टेरामक्स काण्डको छानविन गर्दैछ । काँग्रेस आतंकित पनि छ । सरकार उससको प्रमुख एजेन्डा हो । जनताको सरोकार प्रमुख हो । तर काँग्रेस सत्ता प्रधान मान्छ ।