Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माले, मसाले, मण्डले र माओवादी

  • अर्जुन ज्ञवाली

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट कमल थापा पराजित भएपछि यसको चर्चा नेकपा एमाले र नेपाली काँग्रेसको महाधिवेशनको भन्दा पनि बढी भएको छ । यसको मुल कारण आवरण जुनसुकै राजनीतिक दलको भए पनि वैधानिक रूपमा कमल थापा इन्डो पश्चिमा शक्ति केन्द्रका बलिया पिल्लर थिए । जसरी कुनै घरको बलियो पिल्लर एउटै भए पनि त्यो कमजोर हुँदा सिंगो घरमा असर पर्दछ त्यसैगरी राजनीतिमा पनि शक्ति केन्द्रको प्रभाव र दृष्टिकोणले असर पर्ने गर्दछ । प्रचण्डले त राप्रपाको महाधिवेशन उद्घाटनशत्रमै इमान्दारिताका साथ भनेका छन्, मेरो र कमल थापाको राजनीतिक गोत्र एउटै हो । यो कुरा उनले सत्य बोलेका छन् । फरक के हो भने कमल थापा राजा र हिन्दूको आवरणमा इन्डो क्रिश्चियनहरूको काम गर्ने गर्दथे भने प्रचण्डले माओवादको आवरणमा ।

यसैगरी थापाको पराजयमा सबैभन्दा आक्रोशित नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र उक्त पार्टीको मातृ संस्था राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि हुन् । स्मरण रहोस् मोहन विक्रम सिंह पार्टीको स्थापनाकालदेखिनै माक्र्सवाद, लेनिनवाद र माओविचारधाराका आवरणमा रअ र सिआइएसँग समन्वय गर्दै काम गर्ने व्यक्ति हुन् । आफूलाई भूमिगत दाबी गर्ने सिंहले २०६२÷०६३ मा मात्रै नागरिकता लिएका थिए ।

उनी सिआईएद्वारा स्थापना गरिएको रिमका संस्थापक सदस्य पनि हुन् । ०६२/०६३ मा नागरिकता लिएका सिंहले रिमको बैठकदेखि संसारभरि घुम्दा, भ्रमण गर्दा कुन देशको पासपोर्ट प्रयोग गरे ? रहस्यमय छ । के भारतले आफ्नो मानिस नभई कन उनलाई संसारभरि घुम्मे अनुमति दिएको हो ? उनको प्राइभेट लिमिटेड जस्तो रहेको नेकपा मसाल नितान्त दक्षिण अफ्रिाकाका कालाहरूलाई कुनै समय गोराहरूले दास बनाए जस्तै मोहन विक्रम सिंहको गतिविधिमा प्रश्न उठाउने र दास नबन्नेहरूलाई उनले विभिन्न बिल्ला भिराएर कारबाही गर्ने गर्दछन् ।

चित्रबहादुर केसी यिनै मोहनविक्रम सिंहका दास हुन् । २०३६ सालको जनमत संग्रहमा निर्दललाई जिताउन कमलराज रेग्मीमार्फत् तत्कालिन समयको मोटो रकम ३० लाख लिएर मोहनविक्रम सिंहले जनमतसंग्रह बहिष्कार गर्न लगाएका थिए । यो कुरा राष्ट्रवादी विद्यार्थी मण्डलका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार पदम ठकुराठीले खुलासा गरेको कुरा बाइबल र माओवाद पुस्तकमा उल्लेख छ । यसकारण पञ्चायतको गाउँफर्क राष्ट्रिय अभियानको अध्यक्ष बनेका पाल्पाका कमलराज रेग्मीको मोहनविक्रम सिंहले गुणगान गरिरहेका हुन्छन् ।

कमल थापाको पराजयमा मोहविक्रम, चित्रबहादुर केसीदेखि इन्डो पश्चिमाहरूले चलाएको मिडियाहरूको रोदनबाट पनि उनको पराजय पश्चिमाहरूको पिल्लरनै ढलेको रूपमा बुझ्न सकिन्छ ।  कमल थापाको पराजयमा पाँच दलीय आन्दोलनबाट प्रतिगमन आधा सच्चिएको भनेर राजाद्वारा नियुक्त सरकारमा एमालेलाई पठाएका र दरबारमा बिन्ती पत्र हाल्न पुगेका माधवकुमार नेपालको छटपटी पनि मसालको जत्तिकै छ । स्मरण रहोस्, माधवकुमार नेपालका बुबा मंगलप्रसाद नेपालले दामोदर शमसेर लगायत सम्पूर्ण भाइहरुको क्रिया समेत आफैंले गरेका थिए । यतिबेला कमल थापाको भन्दा बढी रोदन माधव नेपालको देखिनुबाट माले, मसाले, मण्डले र माओवादीको नसो तथा शक्तिकेन्द्र एउटै हो भन्ने कुरा प्रमाणित भएको छ ।

थापाको पराजयमा सगोत्री प्रचण्ड–बाबुरामदेखि सिंह र केसीको रोदन मण्डले, मसाल र माओवादीको नसो इन्डो सिआईए मिशनमा जोडिएको सगोत्रीको पराजयको छटपटाहटभन्दा अत्युक्ति हुने छैन । जहाँसम्म थापालाई निर्मल निवासले हराएको भन्ने छ, त्यसलाई कसरी हेर्ने ? विगतमा कमल थापालाई रविन्द्रनाथ शर्मा र राजेश्वर देवकोटालाई समाप्त गर्न दरबारकै सचिवहरूले लगाएका थिए । अहिले कमल थापा एन्ड कम्पनीले आफूलाई हराउन लागेको भनेर जसलाई दोषारोपण गरेका छन् उनीहरूकै सल्लाहमा देवकोटा र शर्मालाई समाप्त गर्न भूमिका निभाएका होइनन् र ? विक्रम संम्वत २०६८ सालमै डा. केशरजंग रायमाझीले नागरिक दैनिकमा एक आलेखमार्फत् फरक धार एउटै केन्द्र शिर्षकमा मोहनविक्रम, बाबुराम र कमल थापा एउटै केन्द्रका फरक अभ्यास गर्ने पात्रहरू हुन् भनेर खुलासा गरिदिएका थिए ।

थापाको पराजयमा मसाल र माओवादीले चलाएका पत्रिका, अनलाइनहरूको अभियानले पनि मसाल, मण्डले र माओवादीको नाभी एउटै शक्ति केन्द्रसँग जोडिएको पुष्टि गर्दछ ।
स्मरण रहोस्, यो पंक्तिकारसँगको भेटघाटमा पूर्व प्रधानमन्त्री मरिचमान सिंहले भन्नुभएको थियो, आफू प्रधानमन्त्री हुँदा मन्त्री परिषद्मा भएका कुरा सबै हुबहु भारतीय दूतावासमा पुग्यो । पछि खोज्दै जाँदा त कमल थापा र निरञ्जन थापाले पु¥याउँदा रहेछन् । यो कुरा मैले राजा वीरेन्द्रलाई जाहेर गरो । राजाले हास्दै मरिचमान तिमीले बल्ल थाहा पायौ । के गरम ठूलो प्रेशर आउँछ राख्नै प¥यो । वीरेन्द्रलाई कमल थापा र निरञ्जन थापा भारतलाई सूचना दिने मानिस हुन् भन्ने पहिल्यै थाहा रहेछ । राजा र हिन्दूको व्यानर बदनाम गर्न पछिल्लो चरणमा स्थापित गरिएका थापाको पराजयमा सबै प्रकारका राता, काला, सेता मण्डलेहरूको रोदन चाखलाग्दो रहेकोछ । यसको अर्थ पूर्व राजाका सचिवहरू कमल थापा भन्दा पनि अझ खतरनाक विदेशी जासुसहरू छन् ।

जसले पूर्व राजा ज्ञानेन्द्रलाई दलाई लामा बनाउनका लागि अहिले पनि निर्वस्त्र रूपमा भूमिका निभाइरहेका छन् । रविन्द्र मिश्रदेखि नेत्रविक्रम चन्दसम्मलाई कमल थापा र राप्रपाले अगाडि सारेको जनमत संग्रहको एजेन्डा पूर्व राजालाई दलाई लामा बनाउनका निम्ति इन्डो पश्चिमा रणनीतिमा उनका सचिवहरूमार्फत् यो एजेन्डा स्थापित गराएर जनमतसंग्रहमार्फत् राजाको एजेन्डालाई सधैंको निम्ति समाप्त गरिदिनका निमित्त क्रियाशील छन् । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल