Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘मित बा’को स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । पशुपतिप्रसाद २ भष्मे डनमा मित बाको भूमिकामा अभियन गरेका कलाकार प्रकाश घिमिरे पोखरा नदीपुरका स्थायी बासिन्दा हुन् । उनी फिल्म र नाटकमा अभिनयको प्रस्ताव आउँदामात्रै घर छोड्छन् । अरुबेला पोखरामै बस्छन् । नदीपुरमै उनको गाईगोठ छ । गोठमा दुहुनु गाई टुट्दैन ।
दूध खान पालिएको गाईलाई घाँस काट्नु उनको दैनिकी हो । शुक्रबार बिहान ९ः३० बजेतिर उनी आफ्ना साथी प्रेम शेरचनको घर नजिकै भीरमा घाँस काट्न पुगे । ब्लकको गारोमा भर परेर भीरको बाबियो काट्न तलतिर नुघे । नाजुक गारो भत्कियो । उनी ५० मिटर तल पुगेर बजारिए । तत्कालै उद्धार गरी पारिपट्टीको मणिपाल शिक्षण अस्पतालमा पुर्‍याउँदा उनी अचेत थिए । रक्तचापमा उतारचढाव थियो । साँझसम्म उनको स्वास्थ्यावस्थामा सुधार आएको कलाकार तथा निर्देशक अनुप बरालले बताए । उनका अनुसार घिमिरेको टाउको, छाती, मेरुदण्डमा चोट लागेको छ । घिमिरेलाई हाल अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । ‘अहिले होस आएको छ, रक्तचाप पनि स्थिर छ,’ अस्पतालबाट बरालले भने, ‘चिकित्सकसँग दोहोरो कुराकानी भएको छ । अहिले अवस्था सुधारोन्मुख छ ।’ पोखरामा नाटकबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनी पछिल्लो समय फिल्ममा चल्तीका चरित्र अभिनेता हुन् । ‘दलन’ टेलिशृंखलामा ‘धम्मरे दमाई’ पात्रबाट चिनिएका उनले टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, साइँलीलगायत तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले पोखराकै कन्या माविमा ३७ वर्ष पढाएर ०७५ मा अवकाश प्राप्त गरेका थिए । ६२ वर्षीय घिमिरे सूर्योदय युवा क्लबको संस्थापक अध्यक्ष, पोखरेली युवा सांस्कृतिक परिवारको पूर्वअध्यक्ष हुन् ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल