Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिरज ढुंगाना नयाँ दल घोषणा गर्दै

काठमाडौँ । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि शनिबार दिउँसो १ बजे काठमाडौँको एभरेष्ट होटेलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।

देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौँ, ढुंगानाले भनेका छन् । ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल