Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिश्रलाई हतकडीसहित लगियो अदालत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसलाई अदालत लगिएको छ । उनलाई हतकडी लगाएरै म्याद थपन सरकारी वकिलको कार्यलय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिएको हो । थुनुवाको पोशाकमा रहेका मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको हो । गत शुक्रबार काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि मुद्दा चलाउने गरी म्याद लिन अदालत लगिएको हो । शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्दा चलाउन लागिएको हो । दुवैजनामाथि राज्यविरुद्ध अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई पनि म्याद थपका लागि अदालत लगिएको छ । मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राति पक्राउ परेका थिए । तीनकुनेमा प्रहरीमाथि ढुंगा हान्न खटिएका कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन् । उनी इमाडोलस्थित निवासबाटै समातिएका थिए । तीनकुनेबाट भागेका दुर्गा प्रसाईं सुरूमा उनकै घरमा पुगेका थिए । त्यहाँबाट उनी भूमिगत भइसकेका छन् ।


सम्बन्धित समाचार