Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिश्रले ५ मन्त्रीको भण्डाफोर गर्ने

काठमाण्डौ । सेक्युरिटी प्रेस खरिद प्रकरणको रहस्य खोलेका विजयप्रकाश मिश्रले नेकपा र काँग्रेसको नाममा विगतमा मन्त्री भएका पाँच पूर्व मन्त्रीको गोग्यता सार्वजनिक गर्ने भएका छन् । मिश्र सेक्युरिटी प्रेस खरिदमा सहभागी थिए । उनको कम्पनीलाई तत्कालीन सञ्चार मन्त्रीले प्रतिस्पर्धामा आउन दिएनन् । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले तेस्रो पक्षको रूपमा यति समूहलाई अगाडि सार्दा जीटुजी प्रकृया रद्द गरिएको हो । मिश्र ऊर्जा मन्त्रालयअन्र्तगतका नेताको भ्रष्टचार मोहका प्रतक्षदर्शी हुन् । भ्रष्टचारीको भण्डाफोर गर्ने मिश्रको अभियान बन्दैछ ।

राजनीतिमा छुद्रता, बोलीमा दुष्टता, गोकुल प्रवृत्ति थियो । प्रम ओली आफैं डाक्टर, आफैं इन्जीनियर, आफैं धर्मात्मा, आफैं विकासप्रेमी भएजस्तै ओलीको छाँया बन्न खोज्नु गोकुल प्रवृति हो । आफ्नै आज्ञानीका कारण गोकुलहरू नङ्गिएका हुन् । विजय मिश्रले अझै कति मन्त्रीको लोभी पापी प्रवितिको भण्डाफोर गर्ने हुन् थाहा छैन । तर यति बेला उनी जापान मै छन् । अहिले राजनीतिको प्रवृत्ति नेै भ्रष्टचारी देखिएको छ । अख्तियारमा समेत भ्रष्टचार गरि थुनामा परेकाहरूलाई छिटो अदालत लगिदिन प्रहरी अनुसन्धान अघिकृतलाई धुस खुवाउनु पर्छ ।

विजय मिश्रले गोकुल बाँस्कोटाको बोली समेत रेकर्ड गरेर अख्तियारमा पेश गरे पनि सत्ताको दवाबका कारण अख्तियारले बाँस्कोटाको फाइल दबाएको छ । लोकतन्त्र प्राप्तपछि माओवादीको तर्फबाट मन्त्री भएका कृष्णबहादुर महरा, दीननाथ शर्मा, जर्नादन शर्मा, टोपबहादुर रायमाझी, मातृका यादव, वर्र्षमान पुन, गिरिराजमणि पोखरेल, बिना मगर बदनाम भएका पात्र हुन् । अहिले माओवादी जतिलाई सराप्न प्रम ओलीको अधिनायकवादको शिकार भएका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझीको कमाउ धन्दाको भ्रष्टाचार विरोधीहरूले अनुसन्धान गर्ने थालेका छन् ।


सम्बन्धित समाचार