Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुकुलको घरबाट जन्ती, रवि सिधैँ निशाको घर पुग्दै

राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री तथा सांसद निशा डाँगी र संस्थापक महामन्त्री मुकुल ढकाल आज वैवाहिक बन्धनमा बाँधिदैछन् । मोरङको विराटनगरस्थित मुकुलको घरबाट जन्ती हिँड्न लागेको छ । जन्तीमा परिवार, आफन्त,निकटस्थ साथीहरु सहभागी छन् ।

पार्टी सभापति रवि लामिछाने र पत्नी निकिता पौडेलसहित ४ जनाको टोली पनि सिधै झापा,भद्रपुरस्थित निशाको घर पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

पूर्व सहकर्मीसमेत रहेकी निशालाई मुकुलले नै राजनीतिमा प्रवेश गराएका थिए । मुकुल पार्टीबाट निश्कासित भएपछि निशा निशानामा परेको चर्चा समेत चलेको थियो । तर पनि उनीहरुले सम्बन्धलाई सुमधुर बनाइराखे । लामो प्रेम सम्बन्धलाई अन्ततः उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् ।

यससँगै रास्वपा पंक्तिमा मुकुलको ‘कमब्याक’बारेसमेत चर्चा चल्न थालेको छ । कतिपय नेताका अनुसार उनलाई पार्टीमा फिर्ता ल्याउने प्रयास भइरहेको छ । ‘नयाँ आएकाहरुलाई बरु पार्टीको त्यति माया छैन,जत्तिको डाक्टर साबमा पार्टीप्रति माया देखिन्छ’, एक नेताले भने, ‘हामीले उहाँलाई जसरी पनि पार्टीमा फर्किनुपर्छ भनिरहेका छौँ, त्यसबारे छलफल जारी नै छ।’

बिहे भोज सगरमाथा पार्टी प्यालेस,उर्लाबारीमा आयोजना गरिएको छ ।