Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुकुललाई रास्वपाको पुरानै जिम्मेवारीमा फर्काउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रदेश सभापतिहरूले पार्टीबाट निष्कासन गरिएका पूर्व महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै नेतृत्वलाई प्तर लेखेका छन् । पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेश प्रदेशका महामन्त्री तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेख्दै पूर्व महामन्त्रीलाई निष्काशन गरेपछि पार्टी झनै कमजोर भएको बताएका हुन् । कोशीका सभापति तिम्सेनाले र मधेसका सभापति यादवले आफूले ढकाललाई हटाउने निर्णयमा समर्थन गर्दै तत्कालीन समयमा गरेको हस्ताक्षर समेत फिर्ता लिएको बताएका छन् । उनीहरूले पार्टीले अबलम्बन गरेको नीति ‘राइट टु रिकल’को प्रयोग गरेर आफूले पुरानो सहमतिलाई फिर्ता लिएको उल्लेख गरेका छन् । रास्वपाले असारमा संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो ।